आदिकवि भानुभक्त




जन्मे हाम्रा भानुभक्त यहि नेपालमा सबका माया बोकेर
अहिले पनि चिन्छन् उनलाई सबैले आदिकवि भनेर

तनहुँमा जन्मे अनि संसार छोडे त्यही ठाउँमा
धेरै याद छाडी गए नेपाललाई हाम्रो भाषामा

हेंला गर्थे मान्छेहरु नेपाली भाषा भनि
माया गर्न नेपाली भाषा जन्मेका हुन् उनी
संस्कृतको रामायणलाई उन्ले लेखे नेपालीमा
नेपालीको मनमष्तिकमा गौरव बढाउने आशमा

नेपाली भाषा प्रचार गरे उनले देशको सेवा
कस्तो राम्रो लाग्छ हाम्लाई उनले दिएको पेवा
नेपाली भाषा उपहार दिइ स्वर्ग गए उनी
नविर्सौं कहिले हामी भानु मनमा राख्दा हुनी

-रेशु बराइली
निलकण्ठ-५, धादिङ बेंशी