हाम्रो धादिङको माटो




कराउँछन् पंक्षी आँगनीमा
आज कतै यो धादिङको केही खबर लिई आयो कि
हर्ष लाग्छ मेरो यो मनमा
यस धादिङमा शान्तिले छायो कि ।

फेरि डर लाग्छ यो मनमा
कतै धादिंङको माटोलाई केहि भयो कि
झस्को पस्छ यो मनमा
यो धादिङको कुनै कुनामा भुँईचालो गयो कि

हेर्दा हेर्दै यस धादिङको माटो भासिंदै जान्छ किन ?
जोगाउनु पर्छ हामीले
यस धादिंङको माटोलाई
रंगाउनु पर्छ हामीले
यस नाडीको रगतले
यस धादिंङको बाटोलाई
यस धादिंङको माटोलाई

-प्रमिला रुवाली
चैनपुर-३, धादिङ