भानुभक्त आचार्य




नेपालमा जन्मिएर विश्व प्रख्यात भयौ
यैमाटोमा कलम चलाई सबको माया पायौ
तिमीलाई महापुरुष मान्नु पर्छ हामीले
दामले भन्दा सबै कुरा हुन्छ भन्थ्यौ कामले

कविता लेख्नु सिकाइदियौ ए भानुभक्त
त्यसैले तिमीलाई सबैले भन्छन् कवितानुरक्त
सबैको मनमा ज्ञानको प्रकाश दियौ कविताले
नेपालीको मन जित्नर सक्यौ मिठो आफ्नो कलाले

संस्कृतको रामायणलाई नेपालीमा लेख्यौ
यै कुरालाई नेपालीहरुले ठूलो गुण देख्यौं
आदिकवि बनी आफ्नो नाम चारैतिर फैलायौ
आफ्नो मिठो कविता सुनाई सबैसंग माया लायौ

नेपाललाई तिमीले नै चिनायौ विश्व माझ
तिमी स्वर्गे भए पनि तिम्रो नाम अमर छ अझ
हामीलाई तिमीले गर्वसाथ नेपाली भन्न दियौ
मिजासिलो स्वभावको तिमी साह्रै ज्ञानी थियौ ।

-सुजाता पोखरेल
सुनौला बजार-७, धादिङ