तिमी सुन्दरी




कोमल ति तिम्रा हातहरु
लजालु ती मुस्कानहरु
कति बेला फसेछु म
तिम्रा मोहक ती नयनमा
दिन र रात तिम्रै यादमा
तड्पी तड्पी बाँची रहेछु
नदेऊ अब धेरै दु:ख
तिम्रै पर्खाइमा बसीरहेछु

लाली गुँरास जस्तो छ
तिम्रो त्यो सुन्दर जीवन
कोइलीको जस्तो मधुर भाका
सुनिरहन मन लाग्छ तिम्रो त्यो बचन

हिउँ जस्तो तिम्रो मुहार
हेरीरहुँ जस्तो लाग्छ
म ती सुन्दर प्रकृतिसंग
मलाई तिम्रो मायाले डाक्छ
धेरै खाएँ बाचा कसम
तिम्रै निम्ति खुशी पाउन
माया गर्ने धेरै आए
तर तिमी जस्तो कोही छैन

-सुरेन्द्र गुरुङ “रोजी आँशु”
खाल्टे-९ काउले धादिङ ।