पारुको वाचा (सिता बराल)







एकमहिना देखि पारु लगातार हस्पिटल धाँउदाधाउदै थाकीसकेकी छन् । आफूसंग भएका सबै परिक्षणहरु गर्दै पटक पटक औषधीहरु फेरि रहेका छन डाक्टरले तर उनमा केही असर भेट्टाउन सकेका छैनन् । डाक्टरको लागी उनको शरिर प्रयोगशाला जस्तै भइरहेको छ । परिक्षणगरेर फर्केको दिनमा अब त केही विसेक होलाकी भन्ने झिनो आसा पलाउँछ तर केही परिवर्तन हुदैन । उनी दिनदिनै गल्दै गएकी छन् । सबैभन्दा ठूलो समस्या उनी रातभर छटपटाई रहन्छिन । रात ढल्दैजाँदा उनका आँखा झन चनाखो बन्दै आउछन् । डाक्टरले उनलाई निन्द्रालाग्ने औषधी पनि नदिएका होइनन् । त्यो औषधीले दुई घण्टाभन्दा बढी काम गरेन । रोग पत्तालगाउन सकेनन, निन्द्रा लाग्ने औषधीले पनि काम गर्न छाडेपछि पारुले आफूलाई झनझन चापेको महशुस गर्नथालिन । एकरातमा उनले तीन पटक पनि नुहाईन तर मनभित्र जलेको आगो निभाउन सकिनन् । शरिरको सबै परिक्षणमा रिपोर्ट राम्रो आएपनि उनको छटपटीमा सुधार आउन नसक्दा डाक्टरहरुले उनलाई केहि रोग नलागेकोले आफ्नै देश फर्केपछि निको हुने बताए । जीवनमा अनेक उचारचढावहरु सहजै पारगर्दै आएकी पारुलाई यसपाली सानो तर अपत्यारिलो समाचारले यस्तो स्थितीसम्म पु¥याएको थियो । बितेका दुःखका दिनहरुलाई विर्सदै भविष्यमा आउने सुखको कल्पनामा दिन विताइरहेकी थिइन । जसलाई कहिल्यै फर्केर नहेर्ने बाचा गरेकी पारुलाई आजकल तिनै दिनहरुले पर्खीरहे जस्तो लाग्यो । जुन दिनमा उनले छोरालाई आफ्नै आँखाले देख्छिन र उसमा कुनै त्यस्तो लक्षण देख्ने छैनन् त्यहि बेला उनको रोग निको हुने सानो आसा लिएर उनि छिट्टै नेपाल फर्कदै छिन् । केही समयको बिदाको लागि होइन, छोराछोरीहरुको भविष्य निर्माणमा अभिभावकको मायाले मुख्य भूमिका खेलेको हुन्छ । भविष्य पैसाले होइन स्वच्छ भावनासंगै विकास भएको व्यक्तिगत चरित्रले उज्जल बनाउन सकिने रहेछ भन्ने सोचेर अब कहिल्यै छोरालाई छाडेर नहिडने र राम्रो संस्कार संगै चरित्र विकास गराउने बाचा सहित ।
पारु बिवाह बन्धनमा बाँधिएको केही सालमा नै परिवारसंग छुट्टिएर बस्नु प¥यो । दुबैजना बेरोजगारी र आफ्नो भागमा परेको टारीखेतलेमात्र जीवनधान्न मुस्कीलहुने देखेपछि पारुका लोग्न] धर्मराज छिमेकी राष्ट्र भारततिर लागे । गाँउमा हुर्केबढेका धर्मले प्राथमिक स्कूलसम्म मात्र पढ्ने मौकापाएका थिए । बाबा भन्दै पछ्याउने छोरा र श्रीमतीलाई छाडेर जान मननमाने पनि उनिहरुकै भविष्यको लागी केहीवर्ष दुःख गरेपछि बाँकी दिन सुखमा काटौला भन्दै मुटुभरि पारुकोमाया र आँखाभरि छोरालाई राखेर धर्मे कामको खोजीमा गए । उनले घर बनाउने सिकर्मीको काम पाए । लोग्नेले पैसा लिएर आउछन् र केही गरेर संगै जीवन विताउने आसमा बसेकी पारुलाई धर्मे काममा लागेको केही महिनामा नै ढलान गर्ने क्रममा खसेर मृत्युभएको खबरआयो । पारुको जीवनमा ठूलो आँधीबेहरी आए जस्तै भयो । धर्मेसंगै काममा गएका गाँउका साथीले सहयोग स्वरुप जम्मा गरेका पैसा पारुको हातमा राखिदिए । उनिप्रति आफन्तहरुको फरक हुदै आएको व्यवहारको कारण त्यो ठाँउमा पारुलाई एकछिन पनि बस्न मनलागेन । धर्मको नामबाट पाएको पैसा र मुटुभरि पिडासंगै, केही गरिखाने उद्धेश्य सहित सानोबाबु पिठ्युमा बोकेर शहर लागिन । साँवा अक्षर चिन्न बाहेक अरु खासै नपढेकी पारुलाई शहरमा कामपाउन धेरै गाह्रो थियो । केही दिनको बसाईपछि विस्तारै साथीहरुसंग चिनजान बढ्दै गयो । एउटै घरमा डेरा गरि बस्ने कल्पनासंग उनको मनमिल्दै गयो । कल्पना दुई छोराहरुसंगै बसेकी थिइन भने उनका श्रीमान परदेश थिए । पारुले आफूलाई साह्रै माया गर्ने साथीपाएको अनुभवगरिन । परेको बेलामा कल्पनाले उनलाई सल्लाह र सहयोग गर्ने गर्थिन । उनकै सहयोगबाट पारुले काठमाण्डौमा डेरा गरिबस्ने विद्यार्थीहरुको भाडामाज्ने र लुगाधुने कामपाइन । विद्यार्थीहरु क्याम्पस जादा उनीहरुको ढोका अगाडी बाँटामा जुठा भाडाहरु र धुने कपडाहरु राखेर जान्थे । बेलुका फर्कदा पारुले सबै सफा गरेर उनिहरुको ढोका ढोकामा राखिदिन्थीन । उनीहरुको भेट महिना पुगे पछि पैसाको कारोबार गर्र्दा मात्र हुन्थ्यो । पारु उनिहरुकै काममा व्यस्त हुन्थिन भने बिद्यार्थीहरु उज्ज्वल भविष्य निर्माणमा तल्लिन थिए । उनले एउटा घरमा दिनमा पाँचवटा जति कोठाहरु भेटाउथिन । यसैगरि उनका दिनहरु वितेका थिए । जति दुःखकष्ट पाएपनि छोरालाई आवश्यकता र जमानाअनुसारका सबै सुविधाहरु पु¥याउदै आइन । पढ्न नपाउँदा आफूले पाएका दुःख र शहरमा काम खोज्दा खाएका हण्डरहरुले उनलाई पढ्नु पर्छ भन्ने राम्रै ज्ञान भएको थियो । छोरालाई डेरा नजिकैको बोडीङ्ग स्कूलमा भर्ना गरिन । समयसंगै छोरा ठूलो हुदैगयो । देशमा हुने गरेको बन्दको कारणले उनले दैनीक गर्दै आएको काममा बाधा प¥यो । दैनिक काम हुन नसके पछि चुलिदै गएको महंगी,स्कूल फि र भाडा तिर्न गाह्रो हुन थाल्यो । उनी अब बैकल्पिक आम्दानीको बाटो खोज्न थालीन । यस विरानो ठाँउमा उनको आफ्नो सम्झेर सहयोग र सल्लाहदिने तिनै साथी कल्पना मात्र थिइन । उनकै सल्लाहमा महिलाहरुको लागी सुरक्षित र राम्रो आम्दानी हुने भनिएको इजरायलमा आउने निधो गरिन । कल्पनाको भरमा मुटुकोटुक्रालाई केही वर्षकोलागी छाडेर भक्कानिदै छोराको उज्ज्वल भविष्यको कल्पनासंगै केही आम्दानी गर्ने सपना लिएर इजरायल आइन ।
भविष्यमा आउने सुखको कल्पनामा डुब्दै दिनहरु काट्दै गईन । जतिबेला उनलाई आफूले विताएका दिनहरुको याद आउथ्यो, उनलाई असह्रय हुन्थ्यो । आफूसंगै आएका साथीहरुले आफूलाई सम्हाल्न नसकेर कति स्वदेश फर्कीएका थिए भने कति साथीहरु अझै पनि मानसिक अस्पतालमा उपचार गरिरहेका थिए । काखमा हुर्कदैगरेका बच्चाहरु छाडेर उनीहरुको कल्पनामा दिन विताउदै परदेशमा संघर्षगर्नु पक्कै पनि सजिलो थिएन । सधैजसो बच्चाहरुको कल्पनामा प्यारो लोग्नेको सहानुभुतिका शब्दहरु सुनेर काम गरिरहेका साथीहरुको भन्दा एकदमै एक्लो अनुभव थियो पारुमा । उनको थियो त त्यही छोराका मागहरु अनि प्रिय साथी कल्पनाका गुनासाहरु । पारुले आफूले आफैलाई एकदमै सम्हाल्दै आएकी थिइन । छोराले स्कूलमा राम्रै नम्बर ल्याएर पास गरेको खबरले उनलाई काममा अझै जोश र जागर आउन थाल्यो । कल्पनाको सल्लाहमा पारुले शहरमा सानो घडेरी किनिन । अब केही वर्षमात्र बसेर आफ्नै ठाँउमा जाने र त्यस जग्गामा सानो टहरो बनाएर छोरासंगै दुःखसुख गरि बस्ने कुराहरु सोच्न थालिन । समयले उनका छोरालाई धेरै बुझ्ने बनाएको थियो । जुनकुरा उनले फोनमा कुरागर्दा बुझेकी थिइन ।
पारुले पढ्न नपाए पनि इजरायल आएपछि छुट्टीको समयमा आवश्यकता अनुसार मोवाइल चलाउन, साथीहरुसंग कम्प्यूटरमा च्याटगर्न अनि मनबहलाउनको लागी वेबसाइट समाचारहरु हेर्न सिकेकी थिइन । कामबाट बचेको समय समाचारहरु हेरेर विताउथिन । भविष्यमा आउने सुखका दिनको कल्पनामा डुबिरहेकी पारुले वेभ समाचार हेर्ने क्रममा माई संसार मा काठमाण्डौको “वेविलोन डिस्को” मा भएका समाचार देखिन । समाचारसंगै फोटोहरु पनि थिए नियालेर हेरिन । उनलाई एकदमै दुःख लाग्यो । उनको छोरा प्लस टु पढ्ने बेला भएको थिएन र त्यहा पनि थिएन तर क्याम्पस ड्रेससंगै विहानको सातबजेनै डिस्को जाने बच्चाहरुका हुलमा उसकी प्यारीसाथी कल्पनाका छोराहरु थिए । जसको जिम्मा र भरोसामा उनले आफ्नो छोरालाई छाडेकी थिइन । उनले त्यो ठाँउमा आफ्नो छोरालाई देखिन । जसको सुन्दर भविष्यको कल्पनामा रातदिन संघर्ष गरिरहेकी छन् ति भविष्यका सपनाहरु एकाएक भत्किदै गएका रहेछन् । दिनभरि काममा ब्यस्त भएपनि राती जब उनी ओछ्यानमा पल्टन्छिन त्यति बेला उनले नशालु छोरा देख्नथालिन । सधै छोरा नशामाडुबेर घरमा आउने र अनेक कुराहरु निकालेर झगडा गर्नथालेको सम्झनथालिन । टोलभरि नै उनका कुराहरु गरेको सुन्नथालिन । यि कुराहरु उनि जति विर्सन खोज्थीन त्यतिनै तछाडमछाड भएर आउथे । जसले गर्दा उनको मुटुमा दनदनी आगो बलिरहेको थियो । त्यही आगो निभाउन उनी धेरै डाक्टरहरु कँहा पुगीन र धेरै थरिका औषधीहरु प्रयोग गरिसकेकी छन् तर उनलाई विसको उन्नाइस भएन बरु झन चाप्दै गयो ।

प्यारी नानीमा
मुटुभरिको माया ।
आराम रहि आरामको कामना गर्दछु ।




नानी दुरीले झनझन टाढा बनायो फोन र अनलाइनमा भेट हुन नपाउदा एक्लोपनको अनुभव झन गहिरिदै गएको छ । यतिलामो समयमा पनि घरमा जाने मौका मिलेन । यी कुराहरु सम्झदा साह्रै दुःख लाग्छ । आफुले सोचेको जस्तो कहिल्यै पुरा भएन । जे जस्तो भए पनि नयाँ ठाँउनयाँ बस्तीका साथीहरु र नयाँ वातावरणमा घुलमिल हुन अलि समय त लाग्छ नै । पछि विस्तारै सबै ठिक होला । नानी मेरो इजरायल बस्न पाउने समय यहि अगष्ट २५ सम्म मात्र थियो । त्यसपछि मैले अरु ठाउमा एप्लाइ पनि गर्न पाउदिन र इम्प्लोयरको मृत्यु भयो भने नेपाल बाहेक अरु ठाउमा जाने चान्स नै हुदैन । त्यसैले क्यानडाको एमविसीको पर्खाइमा बस्ने समय पनि भएन



यति लामो समय बाहीर बसेर पनि घर फर्कन सक्ने स्थिती छैन भन्ने हजुरलाई पनि थाहा नै छ । नानी विताएका दिनहरुले मलाई धेरै संघर्ष गर्न सिकाएको छ । जस्तो दुःख परे पनि म सहन सक्छु । त्यसको लागी केही पिर नलिनु होला । मैले यूरोप तिर जाने कुरा निश्चित गरे पछि काम छिटै नै भयो । भाइ नवराजकी श्रीमती सुनिताले नेपाल गएर आएपछि मेरो जस्तै गरि एप्लाइ गरेकी थिइन उनको काम असफल भयो र इम्प्लोयरको पनि मृत्यु भएपछि उनि अहिले लुकेर काम गरि रहेकी छन् अब कुनै दिन पुलिसले भेटायो भने पठाइदिन्छ । उनको काम पुरा हुन नसके पछि मेरो पनि के होला भन्ने लागी रहेको थियो । यस कुरामा भने भाग्यले साथ दिएको हो नै भन्नुपर्छ । जर्मनको भिसा सजिलै लाग्यो । भिसा लागेको दुईदिनमा पैसा जम्मा गर्नुपनि समयले साथ दिएकै हो ।


क्यानडाको लागी बुझाएको पैसामा सेन्जीङ्ग भिसा लाग्यो भने प्लेनभाडा र इन्सुरेन्स आफैले तिर्नुपर्ने सम्झौता अनुसार पैसा बुझाए । भिसा अलि लामो समयको लागी लागेछ भने १ हप्ताको लागि मात्र भएपनि नेपाल जाने एकदम ठूलो इच्छा थियो तर के हुन्छ भनेर हजुरहरुलाई भन्न सकेकी थिइन । भिसा एक हप्ताको लागी मात्र लाग्यो । त्यही एकहप्ता भित्रमा आफुजाने ठाउमा पुगीसक्नु पर्ने हुनाले हिडीहाल्नु पर्ने भयो । नानी यो भिसालागेको कुरा आफू निश्चित ठाँउ सम्म नपुगे सम्म कसैलाई थाहा दिन नहुने हुनाले म युरोप गएर नफर्कने कुरा फोनबाट मात्र भएपनि कसैले भनिदिए भने म जान नपाउने हुनाले मैले हजुरलाई बुथबाट स्पष्ट रुपमा भन्न सकिन अलिअलि कुरा जनाउन पनि लाइन डिस्टब हुनाले केही कुरा बुझीएन । आफ्नो इम्प्लोयर संग एक महिनाको लागी नेपाल छुटीमा जाने भनेर रि इन्टी लगाए त्यसपछि जर्मन एमविसीमा म एक हप्ताको लागी जर्मन घुम्न जान्छु भनेर भिसा लगाएको हो । युरोपको कुनै पनि देशमा जान पाइने भिसा एक हप्ताको लागी पाए । आफ्ना मनखाएर सल्लाह र सहयोग गर्ने मान्छेहरु खासै नहुनाले र कामको पनि निश्चीत नहुनाले कसैसंग सल्लाह गर्न सकिन । प्रुान्स स्पेन र नर्वे र यहाँ भएका साथीहरु संग भने विचविचमा कुरा भइ रहन्थ्यो ।


हामीहरु सबै इजरायलमा एउटै सस्थामा काम गरेका साथीहरु हौ । अरु ठाँउमा भन्दा पोर्चुगलमा छिटै नै कार्ड पाइने र पछि युरोपको जुन देशमा पनि जान पाइने हुनाले यहि नै आउने निर्णय गरे । यहा कमाइ भने साह्रै थोरै रहेछ तर लुकेर बस्नु नपर्ने र कुनै डर नहुने हुनाले सजिलै रहेछ । यहाबाट स्पेन र नर्वे सजिलै जान सकिने रहेछ । मेरो भिसा यहि १८ सम्म भएको र त्यसपछि एकदुई दिन शुक्रवार शनिवार र आइतबार परेको हुनाले सोमबार यहा काम गर्न पाइने कार्ड बनाउछु त्यसपछि खुलेर काम गर्न पाइन्छ । आफूले काम गर्ने ठाँउमा कन्ट्याक दिएभने सरकारलाई कर तिर्नुपर्ने र त्यसको १ वर्ष भित्रमा अस्थायी कार्ड पाइने रहेछ । कन्ट्याक दिने काम पाइएन भने कन्ट्याक किनेर बाहिर काम पनि गर्न मिल्ने रहेछ । तर केटीहरुलाई काम पाइन्छ डराउनु पर्दैन भनेका छन हेरौ के हुन्छ सबै कुराहरु भाग्यको भरमा छ होइन र नानी । भाग्यले साथ दियो र सोचेको समयमा अस्थायी कार्ड पाएभने छिटै नै भेटहुने आसा लागेको छ ।




ल त नानी, अरु कुरा पछि लेख्दै गरुला ।
उही पारु




सीता बराल
हाल पोर्तुगाल