मोह

कर्णालीको तीरमा बस्दै आएका विचरा कृष्णबहादुर आफ्नो, पत्नी र दुई छोराछोरीका बीच ढुंगा कुटेरै भए पनि जसोतसो जीवन गुजारीरहेका थिए । साउनको महिना थियो, हप्तादिनको झरीका कारण कर्णाली अचानक बढ्ने सँकेत देखियो र उस्का छिमेकीहरू विस्तारै बचाउका स्थानहरू तिर सर्न थाले । यो देखेर कृष्णबहादुर पनि आफ्नो बसाईलाई अनिच्छाले नै पनि छाड्न बाध्य भयो । तर उस्ले यो फैसला गर्न केहि ढिला गरेकाले यतिबेलासम्म पानीको बहाव माथिसम्म आइसकेको थियो । नदी तर्ने क्रममा उसले श्रीमति र छोराछोरीलाइ साथमा समाएकै थियो तर यो बर्सातको उर्लदो भेलले उसको यो शक्तिलाइ साथ दिएन र उसको श्रीमति बाढीको शिकार भइन् । अनि विस्तारै ती दुबै बच्चाहरू पनि उस्का सामर्थ्यबाट टाढिए । अनि उ एक्लै मेरो श्रीमति.... , मेरो छोरो..... अनि छोरी भनेर विलौना गर्दै चिच्याउँदै रूँदै थिए । यतिकैमा पछाडिबाट एकजनाले काँधमा समाएर सोधे – “किन रोएको तिमी ?” कृष्णबहादुरले रिसाउँदै जवाफ फर्काए – “यस्तो भेल देखेनौ ? मेरा श्रीमति र दुई छोराछोरी बगायो यो पापी भेलले । म एक्लै भए यो सँसारमा ।” अनि पछाडिबाट बोले –हेर मानव, मेरा पनि त अहिलेसम्म कोहि छैन? खै त मेरा पत्नी ? अनि कृष्णबहादुर अचम्म मान्दै यसो पछाडि फर्केर हेरे । उनले त अचम्म पो देखे । यहाँ त साँच्चैको नारद भगावन पो प्रकट हुनुभएका रहेछन् । कृष्णबहादुरले कुरा बुझिहाले । प्रभुको अगाडि विन्ति गर्दै भने – प्रभु मैले बुँझे, बुँझे साँसारिक माया मोह भनेको के नै रहेछ र ?

हरि मानन्धर "विवश"
क्याक्मी - ९ स्याङ्ग्जा (हाल इजरायल)