बन्द संस्करणभित्रको आत्मकथा


म साहित्यकार होइन , साहित्यकार नभएपछि कथाकार त पक्कै भइन् । तर पनि एउटा सफल कथा लेख्ने दुःप्रयास गर्दै छु । मेरो जीवनको भोगाई हो यो कथा । जीवनको भोगाईले थाहा नै नपाई भावनासँग सहवास गरेर एउटा दरिलो आत्मकथा जन्माइसकेछ । जसलाई म साहित्यिक धर्म पूरा गर्दै भाषाको दरिलो डोरीमा शब्द, शैली, अलङ्कारले सुसज्जित पार्दै सुन्दर माला बनाई कथ्यको सुन्दर मूर्तिमा सजाउन गइरहेछु । म एउटा गैरसरकारी कार्यालयमा काम गर्ने दोस्रो दर्जाको हाकिम । म एउटा साधारण कर्मचारी तर कसरी असाधारण मनस्थिति अगाल्न पुगेँ , म आफैलाई थाहा छैन । यसमा धेरै थोरै मेरो गल्ती , केही परिस्थितिको र केही उनको पनि हुन सक्दछ ।

आजभन्दा करिब तीन वर्षअघि म यस कार्यालयमा हाकिम भएर आएको थिएँ । मैले मेरा सबै कर्मचारीलाई एउटै दृष्टिकोण र छत्रछायामा राखेको थिएँ । मेरा कर्मचारीहरू विभिन्न विचार, प्रवृति र स्वभावका थिए । मैले उनीहरूसँग त्यसैअनुसारको व्यवहार गर्नु पर्दथ्यो । तर एकजना कर्मचारी भने मेरो अँखाबाट सधैँ अलग देखिन्थ्यो । अरूमा भन्दा उसमा सिर्जनशील क्षमता बढी थियो अनि तार्किक शैली पनि । यौवनका छालहरू लहराउने समय भएपनि उनमा उन्मुक्तताको कुनै लक्षण देखिदैनथ्यो । उनको अत्यन्त शालीन व्यक्तित्व , गम्भीरपना र स्पष्ट विचारले प्रभावित भएको थिएँ म । कार्यालयमा उनीजस्तै अरू केटीहरू पनि थिए तर उनीहरूको स्वभावसँग उनको स्वभाव मिल्दैनथ्यो । उनी कामलाई पूजा गर्थिन् भने कर्तव्यलाई देवता ठान्थिन् । उनी काम गर्न कहिल्यै पछि र्सर्दैनथिन् , अझ भनू कतिपय कामहरू मेरो मनोविज्ञान बुझेर नै गरिसक्थिन । जसलाई मैलै प्रशसा नगरी धरै पाउँदिनथेँ । मलाई उनको कामप्रति निकै चाख लाग्दथ्यो । एउटा कर्तव्यनिष्ट हाकिमले एउटा कर्मचारीबाट चाहना गर्ने सबै गुण उनमा थिए । त्यसैले बेलाबेलामा बढुवाको आशा देखाउँदै मैले उनको कार्यक्षमतामा ऊर्जा थप्तै आएको थिएँ । नभन्दै उनी पनि अफिसका लागि व्यक्तिगत खुसीलाई तिलाञ्जलि दिँदै समर्पित हुँदै आएकी थिइन् ।

वास्तवमा हाम्रो भेट पनि अचम्मै पाराले भएकोथ्यो । म अकस्मात् खुट्टा भाँचिएर अस्पतालमा भर्ना भएको थिएँ । उनको र मेरो परिचय भएको नै थिएन । उनी मेरो नाम लिएर मलाई खोज्दै मेरो रुममा आइपुगिन् । निकै गफ भइसकेपछि मात्र हामीलाई थाहा भयो उनले वास्तवमा अर्कै व्यक्तिलाई खोजेकी थिइन् भनेर । उनी काकीको दाजुलाई भेट्न भनेर आएकी रहिछिन् । उनकी काकीको दाजु र मेरो नाम एउटै पर्न गएको हुनाले सोधपुछ गर्दा मेरो रुममा पठाइदिएका रहेछन् अस्पतालका कर्मर्चारीले । कस्तो संयोग परेको भनेर हामी छक्क पर्यौँ । त्यससमयमा उनले मेरो दुर्इघण्टासम्म सहयोग गरेर बसिन् । किनभने घरमा मैले अस्पतालमा बसेको कुरा सुनाएको नै थिइनँ । बुबाआमा ब्यर्थै पिर मान्नु हुन्छ भनेर । काठमाडौँमा नै साथीभाइहरूले सहयोग गर्छन भनेर कसैलाई डाकेको थिइनँ । त्यसैसमय साथीलाई बाहिर जानुपर्ने भएकोले उनले औषधिपानी दिन सहयोग गरेकी थिइन् । उनको रूपरङ्ग र व्यवहार मेरो मस्तिष्कमा सजीव भएर चित्रित भइरहेकोथ्यो ।

समयको वेगले हामीलाई फेरि भेट हुने मौका नै दिएको थिएन । तर संयोगबश अहिले एउटै गैरसरकारी कार्यालयमा म हाकिम र उनी कारिन्दा भएर भेट गराइदिएको छ समयले । त्यसैले पनि होला मेरो उनीप्रति विशेष सहनुभूति थियो ।
मैले बेलाबेलामा माथिको हाकिमसँग उनको बढुवाको माग राख्दै आएको थिएँ । तर मलाई थाहा थिएन माथिको हाकिमको उनीप्रति त्यस्तो कुन पूर्वाग्रह थियो । जसले गर्दा उसलाई उनको प्रशंसा सुनाउन हुदैनथ्यो झन् बढुवाको कुरा त भन्न नै हुदैनथ्यो । समय बित्दै गयो । केही समयको लागि म प्रशासनसम्बन्धी तालिम लिन बाहिर गएको थिएँ । त्यससमयमा मेरो कार्यालयको हाकिम भनौँ वा हर्ताकर्ता माथिल्लो हाकिम भए । तालिम सकिएर आउ“दा कार्यालयमा बढुवाको समय भएको थियो । मैले सबै कर्मचारीको बढुवा गराएर नयाँ जोश र जाँगरका साथ काम लगाउने विचार गरेँ। यसको लागि मैले माथिल्लो हाकिमसँग सरसल्लाह र अनुमति लिनु पर्दथ्यो । अनुमति लिने कुरामा सबै कर्मचारीको बढुवाको कुरामा सहमत भयो सिवाय उनको । जसलाई चाहिँ म धेरै अघि बढुवा गराएर उनको सिर्जनशक्ति र लगनशीलतालाई धेरै अघिदेखि पुरस्कृत गर्न चाहन्थेँ । उनको बढुवा नहुने हुँदा म ठूलो अन्योलमा परेँ । जसले गर्दा म हारेको अनुभव गर्न थालेँ । ऊभन्दा कम शैक्षिक योग्यता भएको अनि काममा पनि ढिलासुस्ती गर्नेको बढुवा हुने भयो । तर उनको नहुने भयो । यो प्रशासनिक अन्याय ठहथ्र्यो । जसको दोषी म स्वयम्ं हुनसक्थेँ । मलाई कौतूहलताले पोल्न थाल्यो । उनले त्यस्तो के काम गरिन् जसले गर्दा माथिल्लो हाकिमको उनीप्रति यति धेरै पूर्वाग्रह थियो ।

सिक्काका दुर्इ पाटा भनेझै जुनसुकै अफिसमा पनि विचार र सिदान्तहरू दुइधारमा बगेको हुन्छन र यसैधारले उनको हाकिमसंगको असमझदारीको दूरी बढेको हुनुर्पर्छ । यो मेरो अनुमानित आँकडा थियो तर पनि एउटा कर्तब्यनिष्ट र प्रतिभावान कर्मचारीले सही न्याय पाउन नसक्नु ठूलो विडम्वना हुन जान्थ्यो यो । जसले गर्दा मभित्रको मानवीयता जुरमुराएको थियो । जे भएपनि आफूभित्रको उत्सुकता मेटाउन एकदिन मैले उनलाई अफिसमा बोलाएँ । यो मेरो कर्तव्य मात्र हैन अफिसको लागि जरुरी पनि थियो । मैले दूधको दूध पानीको पानी छुट्टयाउने विचार गरेँ । मैले उनलाई माथिल्लो हाकिम उनीबाट रुष्ट हुनुको कारण सोधेँ । सुरुमा त उनी सहज थिइन् तर पछि उनको असहजता बढ्दै गयो उनको पीडा बेथा यसरी पोखिन थाल्यो- "सर, हजुर नभएको बेला मेरो माथिल्लो हाकिमसँग नराम्ररी असमझदारी बढ्यो । यसको कारण मैले उहाँको भनाइलाई अस्वीकार गर्नु थियो । उहाँले म भन्दा सिनियर कर्मचारीको पदमा मलाई बस्न भन्नुभएकोथ्यो मैले मानिनँ। मेरो नैतिकता र स्वाभिमानले त्यो गर्न दिएन । म कसैको आत्मालाई ठेस पर्याएर माथि जान चाहन्नँ , बरु मलाई कुनै बढुवाको लोभ पनि छैन । फेरि अफिसमा खुट्टा तान्ने , झोसपोल लगाउने प्रवृत्ति पनि छ । जुसले गर्दा मैले धेरै हन्डर खानुपर्यो । मैले आफूभन्दा जुनियर कर्मचारीको अगाडि अपमानित हुनु पर्यो । मेरो विचार, भनाईको कुनै मूल्याङ्कन गरिएन । त्यतिमात्र हैन मैले मिटिङ्गमा पनि सबैको अगाडि अपमानित हुनुपर्यो , त्यो कुरा सम्झदा मेरो मुटु पोल्छ सर , मलाई अब त्यो बढुवाको कुनै लोभ छैन । जुन मलाई धेरै समयअघि देखि आशा देखाइरहनु भएको थियो । ... तर मप्रति गरिएको व्यवहारले मेरो मुटु दुख्छ अनि भक्कनिएर आउ“छ । आखिर म पनि मान्छे हुँ , ममा पनि संवेदनाहरू छन् । भावनाहरू छन् । जसलाई म जलाउन खोजेर पनि जलाउन सक्दिनँ । त्यसैले होला म समाजसेवाको सहारा लिन्छु । जसले मलाई मानसिक शान्ति दिन्छ । फेरि म परित्यक्ता महिला पनि हुँ । लोग्नेबाट त्यागिएकी महिलालाई समाजले हेर्ने दृष्टिकोण नै अर्कै हुन्छ ।" यति भन्दै उनी रुन थालिन् । मभित्रको मानवीयताले मलाई पोल्न थाल्यो । उनको आँसुसंगै म बग्न थालेँ । अनि भावानासँगै पग्लन थालेँ । मैले आफूलाइै मुस्किलले संयमित बनाएँ अनि यथार्थसँग सम्झौता गर्दै सहनुभूतिका शब्द पोख्न थालें , "तपाईँले यी सब असमझदारी समयमा नै हाकिमको सामुन्ने राखेर स्पष्ट गर्नु पनि पर्दथ्यो । किन गर्नु भएन -"- मैले आफ्नो हाकिमी रवाफ देखाउन कन्जुस्याई गरिनँ ।

म आफ्नो हाकिमसम्बन्धित नकारात्मक कुरा उनीसँग गर्न पनि सक्दिनथेँ । यो मेरो अफिसियल दायित्व पनि थियो । उनी केही सामान्य भएर भन्न थालिन् -" यी सब भन्न मलाई समयले साथ दिएन । मन नपरेको मान्छे परबाट गन्हाउछ भन्छन् । त्यसैले झन् असमझदारी बढ्ला भनेर मैले भन्न नै सकिन“ । " मैले उनलाई सम्झाउन धेरै कोसिस गरेँ तर उनको पीडा, वेदना यति धेरै थियो कि उनको मनको ताप बुझाउन म असफल भइरहेँ । उनका तार्किक शक्तिले मेरा प्रत्येक तर्कका वाणहरू असफल बनाउन सक्षम हुन्थे । निकै समयपछि मैले गफको सर्न्दर्भ मोडेँ। उनी सहज हुँदै गइन् । म भने असहज हुँदै गएँ । किन यसरी एउटा कुशल कर्मचारीलाई अपमानित र कुण्ठित हुनु पर्यो । म निकै बेर घोरिए“ , मानसिक वेदनाले छटपटिएँ, त्यसपछि मैले अफिसमा आफ्नै काम गर्न सकिनँ । अफिसको समय बितेपछि म क्वार्टर आएँ । क्वार्टरमा उनकै शब्दहरू मेरा कानमा प्रतिध्वनित भइ रहे । उनले भनेको सायद सत्यको जीत हुन्छ भनेको यही होला । उनीसँग सत्य थियो । त्यही सत्यले मलाई पोलिरह्यो । मैले कतै शान्ति पाउन सकिन् । म रातभर छटपटिरहेँ । कसरी म उनको पीडा र वेदना कम गर्न सक्छु भनेर तडपिरहेँ ।

मैले एक दुइजना कर्मचारीसँग उनको बारेमा सोधीखोजी गरे मैले ती इमान्दार कर्मचारीबाट उनी निर्दोष भएको थाहा पाएँ । उनी एक परित्यक्ता महिला रहिछिन् भन्ने कुरा पनि थाहा पाएँ । उनको श्रीमान र मेरा हाकिम आफन्त पर्ने हुनाले नै उनले यो सब सहनु परेको यथार्थता पनि थाहा पाएँ । किनभने उनको श्रीमान्सँग निक्कै लामो मुद्दामामिला गरेपछि मात्र उनले पारपाचुके पाएकी थिइन् रे । मुद्दा त उनले सजिलै जितिन् रे तर त्यसको सजाय उनले आज अफिसमा भोगिरहेकी थिइन् । उनी आफूमा पनि केही बढी स्वाभिमान भएकी हुन र यही स्वाभिमानीपनाले पारपाचुके भएको भन्ने विचार अरू कर्मचारीबाट थाहा पाएँ तर यो कतिको सत्य थियो भन्ने कुराचाहिँ मलाई थाहा थिएन । । तर म अचम्ममा परेँ यति शालीन व्यक्तित्वको धनीमा यस्ता अवगुण हुन्छन् र - म उनको बारेमा विश्लेषण गर्न थालेँ । म हरसमय उनको सम्झनामा हराउन थालेँ, संवेदनशील हुन थालेँ आफूलाई भुलेर । म उनको बितेको समय त फर्काउन सक्दिनथेँ तर उनलाई वढुवा गराएर उनको मुहारमा खुसीको लहर ल्याउन चाहन्थे । मेरो जीवनको उद्देश्य नै उनलाई वढुवा गरेर उनको आत्मालाई न्याय दिनुमा गएर अडियो । मैले उनको वढुवाको बारेमा चर्काचर्की कुरा उठाएँ । यो कुरा केन्द्रमा लगेर पनि राखेँ । निकै गरमागरमीको वावजुद उनको वढुवा हुने भयो । म यो कुराले आश्वस्त भएकी उनी वढुवा पाएर अत्यन्त खुसी हुनेछिन् र विगतलाई भुलेर उत्साहीका साथ काम गर्नेछिन भनेर । म उनको जीवनमा खुसी ल्याउन चाहन्थेँ । मलाई थाहा छैन म किन उनीप्रति यति सहनुभूति राख्न थालेँ । अफिस कहिल्यै विदा नहोस जस्ता लाग्दथ्यो। म आफ्नो पदको मर्यादा अनुसार जुनसुकै समयमा पनि उनीसँग सर्म्पर्क राख्न सक्तिनथेँ । म आफ्नो बौद्धिकता उनको तार्किक शक्तिद्वारा निखार्न चाहन्थेँ । म हरसमय उनको सर्ंर्सगको खोजिमा रहन थालेँ । मैले पाउनु पर्ने भावी सहचारीको रूपरेखा उनमा कोर्न थालेँ । मसँग पनि समाजले उनलाई हेर्ने नजरजस्तै नजर थिएँ । तर म ती नजरहरूलाई परिष्कृत गर्न चाहन्थेँ । के परित्यक्ता महिलामा उनको मात्र दोष हुन्छ - यसै कारणले घरपरिवार , समाज र कार्यालयमा पनि तिरस्कृत हुनु पर्दछ र - म यस्ता भावानाहरूलाई बदल्न चाहन्थेँ। त्यसैले म उनीप्रति अलिक बढी नै आकषिर्त हुदै थिएँ । त्यो आकर्षाले कतै मलाई आफ्नो दायित्वबाट निर्वासित हुनुपर्ने हो की भनेर म र्सतक पनि हुन्थे, तर पनि अप्रत्यक्ष रूपले म उनीसँग नजिकिदै गएको थिएँ । म उनको घरपरिवारको बारेमा पनि जानकारी लिन थालेँ । म उनको रुचि, स्वभावबारे पनि थाहा पाउने कोसिस गर्न थालेँ । मेरो अचेतन मन यस्तै कुरामा डोरिरहन्थ्यो । उनले राखेको कुनै पनि प्रस्ताव म नकार्न सक्दिनथेँ । प्रायः ती प्रस्तावहरू अफिसका लागि सकरात्मक हुन्थे । उनी अफिसियल प्रस्ताव मात्र हैन आफ्नो व्यक्तिगत सुविधाका लागि पनि केही प्रस्ताव ल्याएर आए हुन्थ्यो जस्तो मलाई लाग्दथ्यो । तर उनी कहिल्यै पनि अरू कर्मचारीझैँ व्यक्तिगत सुविधा प्राप्तिको लागि लालायित भइनन् । यो उनको स्वाभिमानको अर्को पक्ष थियो म उनको स्वभिमानको सम्मान पनि गर्दथेँ । उनको मानसिकता व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेको थियो । मेरो सहनुभूति र स्नेह पाएर उनको उर्जनशीलता अझ बढी झाँगिदै गएको थियो ।

एकदिन अफिसमा मिटिङ्ग थियो । अफिसियल मिटिङ्गमा धेरै कुरा भएँ । मैले भने मैले आफूले कुनै एकजना कर्मचारीलाई व्यक्तिगत रूपले खुसी पार्न वढुवा गर्दै छु । यो मैले ठीक गरेको छु । अनि मैले पनि यसको ठीक प्रतिक्रिया पाउनेछु भनेर आशा गरेको छु । मैले यो मेरो कुरा सबैको सामुन्ने राखेँ । उनमा यो कुराले कस्तो प्रभाव होला यो मैले थाहा पाउन सकिनँ । तर पनि उनी वढुवा हुन्छ भन्ने कुरा थाहा पाएर खुसी हुनेछिन भन्ने कुरा मा विश्वस्त थिएँ । बिस्तारै म वढुवापत्र तयार पार्न थालेँ । म जतिसक्दो छिटो वढुवापत्र तयार पारेर उनलाई दिन चाहन्थेँ । त्यसैले मैले वढुवा हुने सबैको पत्र हतारहतार तयार पारेँ । त्यो पत्रको प्रतिलिपि केन्द्रमा पठाएँ अनि माथिल्लो हाकिमकोमा पनि । यो हाम्रो अफिसको नियम थियो । म छिटोभन्दा छिटो वढुवापत्र उनको हातमा राखेर उनको मुहारमा हर्षर हृदयमा शान्ति ल्याउन चाहन्थे“ । तर हस्ताक्षर गर्न पठाएको पत्रमध्ये उनको पत्र आएन । म निराश भएँ । उनको पत्र नआउञ्जेल अरूको पत्र पनि नदिेने विचार गर्न थाले“ । मैले माथिल्लो कार्यालयमा सोधपुछ गरेँ । बल्लबल्ल उनको बढुवाको पत्र मेरो हातमा आयो । वढुवाको पत्र पाएपछि मैले र्सवप्रथम उनलाई दिने विचार गरेँ । त्यसैले मैले हतारहतार उनलाई बोलाउन पठाएँ । उनले वढुवाको पत्र दिनलाई हो भनेर कसरी थाहा पाइछिन् क्यारे को नि - उनले सानो चिटमा 'वढुवाको पत्र दिने विषयमा हो भने मलाई अन्तिममा दिनु होला ।' लेखेर पठाइन् । म मर्माहत भए किन यसो भनिन् भनेर । मैले सोचेको थिएँ । उनी चाँडो भन्दा चाँडो प्रसन्न भएर वढुवाको पत्र लिन आउँनेछिन् भनेर । तर मेरो बिश्वासमा ठेस लाग्यो, म झस्केँ ।

म उनको प्रस्तावलाई नकार्न सक्दिनथेँ। त्यसैले उनले भने बमोजिम अरू सबैलाई वढुवाको पत्र दिएँ । बढुवा पाउनेहरूसँग सामान्य अफिसियल गफ गरेँ । अन्त्यमा उनको पालो आयो । मैले उनलाई बोलाउन पठाएँ । उनी निकै गम्भीर भएर आइन् । म कुराको भारी बिसाउन थालेँ। "हेर्नोस् तपाईँको वढुवाको प्रक्रिया मैले आफ्नो अग्रसरतामा गरेको हुँ । म तपाईँप्रति सहनभूति राख्दछु । त्यसैले मैले धेरै प्रयास गरेर तपाईँलाई वढुवा गराउन र्समर्थ भएको छु । त्यसैले तपाईँले पनि मलाई काममा सन्तुष्टि दिनु हुनेछ भन्ने आशा राखेकी छु ।" भन्दै वढुवाको पत्र हस्ताक्षर गर्न उनको हातमा राखिदिएँ । उनले वढुवाको पत्र हातमा लिइन् , हेरिन् अनि आत्मविश्वासका साथ भन्न थालिन् -"सर, मैले यो वढुवाको पत्र लिए भने मैले धेरै कुरा गुमाउनु पर्नेछ । र्सवप्रथम त म आफ्नो स्वाभिमान गुमाउँदै छु अर्कोतर्फम माथि हजुरको एउटा यस्तो विजय हो जुन विजयमा मेरो अस्तित्व हार्नेछ । हजुरलाई थाहै छ । म अलिक बढी स्वाभिमानी पनि छु । म कसैको कृपादृष्टिमा बाँच्न सक्दिन, अनुग्रहितामा सास फेर्न सक्दिनँ मैले अहिले आफ्नो जिन्दगीको उद्देश्य र भविष्य यही घृणा, तिरस्कार र अपमानबाट उजिल्याउने कोशिश गरिरहेछु । यदि मैले यो वढुवा अहिले लिएँ भने मेरो जीवनको लक्ष्य घुमिल हुँदै जानेछ । अनि म अस्तित्वविहीन हुन पुग्नेछु । हजुर त यही अफिसमा काम गर्नुहुन्छ । क्वार्टरमा बस्नुहुन्छु । सर, यहाँको र्सर्वेर्सवा हुनुहुन्छ । सरले ठान्नुभएको होला यो वढुवा मेरो जीवनको ठूलो उपलब्धि हो भनेर । तर होइन मेरो जीवनमा यो भन्दा ठूलो उपलब्धि अरू नै छ । हो सरले मलाई यो वढुवा दिएर सत्यको विजय गराउनु भएको छ । तर मेरो हार भएको छ । जबसम्म हजुरको अनुग्रहिता देखाउनु हुन्न तबसम्म म यो वढुवा लिन सक्दिनँ । किनभने यो मेरो स्वाभिमानप्रति ठूलो कुठाराघात हो । मजस्तो अरू कर्मचारीलाई पनि यो उदाहरणीय होस् कि वढुवा जस्तो चीज पाउ“दा आफ्नो आत्माले पनि सन्तुष्टि पाउनुर्पर्छ । हजुरले मिटिङ्गमा मैले कुनै एक जना कर्मचारीलाई खुसी बनाउन वढुवा गर्दै छु भन्नुभएको थियो । अब त्यही मिटिङ्गमा फेरि भन्नोस् त्यो कर्मचारीले वढुवा लिन मानेन । उसले ठीक गरेको छ किनभने सबैको मन जितेर पाइएको वस्तुको मूल्याङ्कन अर्कै हुन्छ दया, माया वा सोर्सफोर्समा पाइएको वस्तुको कुनै मूल्याङ्कन हुँदैन ।"

उनको अभिब्यक्ति सुनेर म स्तब्ध भएँ । मस्तिष्क शून्य भयो । उनले भनेका कुरा सबै सही थिए । मैले मात्र उनलाई जागिरको सङ्किणाराभित्र उपलब्धिको तराजुमा वढुवालाई बढी मान्यता दिएको रहेछु । तर उनको उपलब्धिको घेरा त कल्पना गरिनसक्नुको रहेछ । उनको उपलब्धिको घेरा त समाज देश हुँदै विदेशसम्म फैलिएको थियो । मलाई आफ्नो सङ्कीण र सकुचित विचारप्रति लाज लागेर आयो । आत्मग्लानिले भिजेर न्रि्रुकै भएँ । उनले भनेझैँ वढुवा नपाएर असन्तुष्ट हुनेहरू पनि अफिसमा प्रशस्त थिए । उनको यो वढुवाप्रतिको त्याग अरूको लागि चुनौति र पेरणा बन्न सक्दथ्यो । तर म कसरी भन्न सक्छु, आफ्नो हार आफ्नो कर्मचारीको सामु ।

म कसैबाट पराजित भएको महसुस गर्न थालेँ । मैले निर्णयगर्न नै सकिनँ उनको कुरा नकार्नु वा सकार्नु भनेर उनी वढुवापत्रमा हस्ताक्षर नगरी गइसकेकी थिइन् । उनको अभिव्यक्तिले उनीप्रतिको मेरो सहनुभूति र मायाको सीमित घेरा नाघेर श्रद्धा र सम्मानको विशाल घेरा समेटन पुग्यो । उनको विशाल हृदय र परिपक्वतामा म सिकारु पौडिबाजझैँ पौडन थालेँ । उनीबाट मैले केही मात्रामा भएपनि बाहिरी संसार चियाउन पाएँ । म पनि उनीजस्तै आदर्शमय जीवन बिताएर नाम कमाउने चाहना गर्न थालेँ । तर ममा ती सब कुरा थिएन जुन कुरा उनमा थियो । म धेरैपल्ट आफ्नो आत्मस्वाभिमान गुमाएर पनि बाँच्न बाध्य थिए, भेाग्न बाध्य थिएँ । मैले उनले जस्तो कहिल्यै पनि जीवनलाई सूक्ष्मरूपले हेरेको रहेनछु । त्यसैले मैले उनलाई चिन्न सकेको रहेनछु । उनको आत्मा पढ्न सकेको रहेनछु । म त निर्देशनको सुगा रटाइमा रोबोटझैँ प्रत्येक क्रियाकलापलाई व्यवहारमा उतारिरहेछु । म त यन्त्रद्वारा चालित मेशिनझै जीवनसँग गाँसिने धेरै संवेदना र भावनाको मनमोहक सुगन्धबाट म धेरै टाढा रहेछु । किनभने मैले मेरो वढुवा पाउँदा उनले मलाई देखाएको व्यवहारको ठीक उल्टो व्यवहार गरेको थिएँ । मैले वढुवा पाउनका लागि धेरै उपाय, जुक्ति र हतकण्डाहरू को प्रयोग गरेको थिएँ । जसले गर्दा आज म यो ठाउँमा स्थापित भएर वरिष्ठताको वरमाला पहिरिएको थिएँ । तर आज मैले जीवनमा कहिल्यै देख्दै देखेको कुरालाई सोच्दै नसाचेको कुरा, उनले मलाइ आफ्नै हृ्रदयमा प्रतिबिम्बित पारिदिइन् । जसको चित्रणले मेरो मस्तिष्कमा कुनै दिव्यज्योति प्रकट भएको भान भयो मलाई । मैले जिन्दगीमा यो नौलो पाठ सिकेको थिएँ । जुन पाठ मैले न त गुरुबाट सिक्न पाएँ न त जिन्दगीबाट । तर म यो पाठलाई अनुकरण गर्न अर्समर्थ थिएँ । किनभने म उनीजस्तो भएर बाँच्नु भनेको मैले मेरो जागिरबाट सदाका लागि आँखा चिम्लनु थियो । ममात्र उनको आर्दशमय र स्वाभिमानी जीवनको रापिलो ताप लिन सक्दथेँ । उनी माथिको मरो श्रद्धा र सम्मानको चुली अझै अग्लिदै गयो । जुन अग्लाईलाई मेरो सोचाई र धाराणाले नाप्न सक्दैनथ्यो । उनको सम्झनालाई मैले मेरो हृदयमा जिन्दगीको सबैभन्दा अमूल्य संस्करणको रूपमा लाहा छाप लगाएर स्वीकारी रहेँ । त्यसै लाहाछापभित्र मेरो अन्तंस्करणका भावनाहरू जुन म उनको अगाडि राख्न चाहन्थेँ , सदाको लागि बन्द भए ।