सगरमाथा खोज्दै निस्केको बिहान ! ( सयुँक्त कविता )



- अशोक पार्थिव तामाङ, बलदेव भट्ट "बिहानी", चुम लिम्बु र समदर्शी काँईला


नाँम्चे फेदींका बुद्द-गुँम्बजहरूलाई !
हलगोरू दाएर
शताब्दिऔंको
पर्म ख्वाप्लक्कै खाने सित ,
सगरमाथाको मसी
कुन हिउँदको सिरेटोले पातलो बनायो ?
सोध्न चाहन्छन् -
रिढीं र सेती दोभानका किनारहरू............ !


चमरीका बथान
जीवन-उत्थानका गोठमा
युगीन निम्छरा भोगाईहरु नियाल्दै बस्दा
सगरमाथाको धूमिल बर्को ,
कुन चैतमासको हूरीले उडाएर लग्यो ?
सोध्दैछन् अरूण-तमोरका छलाँङमय सुसेलीहरु..... !


हिमलेकका जन-रंजनहरुलाई !
बैंशको घाममा चोबलेर
पक्वाशयमा भूइंचालो रोप्नेहरु संग ,
सगरमाथाको मही-तल
कुन पटाक्षेपमा गएर भासियो ?
सोध्न चाहन्छन् -
टिस्टा र काँगडामा कुँदिइएका हाम्रो सिमा स्तम्भहरू !!


पदचापहरु भन्दा अलि माथि उक्लिएर,
घाम-जून पहिरिएकी !
तरुणी हिम-छाती चिरेर हेर,
यो जन्मँभूमिको संग्लो हिउँसँग,
कुन कठोर-निर्जीव चट्टान पग्लिंदैन ?सोध्छ्न् -
सप्तकोशी ,बबई र कमलामाई किनारमा-
भत्किँदै उभिएका ढुंगील बाँधहरू ...!


बुर्ज दुबइ टावरको ठिक फेंदमा
टक्क उभिएर सोचें -

" कहिं पुगिन - छु " - ले

यी त ठ्याक्कै हलाउँसिनेईशनको उँचाई मात्र हो
यी त ठ्याक्कै बनावटी रंगै - रंगका भिरहरू !
भिरै-भिरको रंगहरू !
उभिइरहेको कन्ट्रास्टमा -
जहाँ मान्छेको अग्लो उचाईमा उक्लन चाहने सोचहरू !
भिर जस्तै भत्किएर सतहतिर लडिरहेका छन् ,
त्यसर्थ, आजकल म सगरमाथा बाँचिरहेछु
ऐन्द्रिक रंगीताको बोधतामा
अर्थकुल
निर्निमेष हेरिरहँन्छ क्षितिजलाई
सगरमाथा खोज्दै निस्केको बिहान ...!