वाह् साथी हो ! दिन त अचेल मुला र अालुको पो अाएछ।

- अशोक पार्थिव तामाङ

हेर त साथी हो !

अचेल
प्रत्येक बजारमा ,
मुलाहरूको कस्तो भाउँ छ ।
कति महँगो छ ।
भाउँ छोइ नसक्नु छ ,
भाउँ ताकि नसक्नु छ।
भाउँ बढाबढ छ,
भाउँ त मुलाको पो अाएछ।
जताततै बिकेको बिकेकै छ।
एकछिन फुर्सद् छैन मुलाहरूलाइ ।
तर ,
के गर्नु मुला हुँन जाँनिएन

मुला हुनेहरू अहिले मालामाल छन् ।
मुला हुनेहरूकै बोलबाला छ।
चटनि पनि मुलाकै ,
तरकारी पनि मुलाकै ।
सिन्की पनि मुलाकै ,
जे बनाउँन खोज्यो
त्यहिं बनाउँन मिल्ने मुलाकै ।

त्यसैले त मुलाहरू मात्तिएर
खपीसक्नु छैन ,
छोइसक्नु छैन ,
यतै पोखिएका छन् ,
उतै पोखिएका छन्,
जता पोखिए पनि मान्छेले खाइहाल्छन् क्यारे ।
जेहोस् मुलाहरूकै अायो दिन।

काउँली हुनेहरू जिल्ल परेका छन् ,
एक सिजनमा मात्र फल्नेभए
त्यहि पनि किराले बेर्ना उँम्रिन्दै
चपाउँन थाल्छ काउँलीहरूलाइ ।
हुर्किन्जेल त कहिलेकाँहि
डाँठ मात्र पो हुन्छन् ।
डाँठ बेच्नु बजारमा लानु भएन क्यारे ?
फेरी डाँठ कस्ले खान्छर ?

अनि के को बजारमा पुग्न पाउँनुर ?
निरसिलो काउँलीको पात
कसले चपाउँछर ?
घाँस होइन क्यारे
गाइबस्तुले चपावोस् भने पनि ,

मुलाहरू जहिले सुकै
बाह्रै मास, बाह्रै काल फल्न सक्छन् ।
अनि भाउँ पनि नबढोस् पनि कसरी ?
मुला खानेको कमी भए पो ?
कतै भाउँ घट्ने कुरा हुन्छ ,
दिनदिनै मान्छे बढेको बढेकै छ।
अनि किन पो घटोस् भाउँ मुलाको।

यहाँ मुला मात्र कहाँ होर ?
अालुको पनि उस्तै छ चकचकी बजारमा ।
अालु र मुलाले त भाउँ पाएका छन् नि
यतिखेर ।

जेमा मिसाएनि हुने ,
पोलेर खाएर पनि हुने।
काँचै करयाक कुरक पारदै चपाए पनि हुने
भान्सामा पनि त्यहिं ।
गोदाममा पनि त्यहिं ।

वाह् ! वाह् ! वाह् ! वाह् !

साथी हो दिन अब मुलाको अाएछ ।
साथी हो दिन अब अालुको अाएछ ।
भाउँ खोज्ने नै भए मुला र अालु भए हुन्छ।
अरू काउली,बन्दा,गाँजर हुन खोज्नेहरूको जमाना गएछ।

सबैले प्रयोग गर्न मिल्ने
मुला र अालुकै अब दिन अाएछ ।

तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )