मुर्दाहरू दिउँसै हिँड्न थाले पछि............।


- अशोक पार्थिव तामाङ


मुर्दाहरु हिंड्नथालेपछि
अँधेरी रातमा

हुचिलहरु घरको धुरीमा बसेर हुँहुहुहुहुहुहुहुहु गर्छन् रे !
कुकुरहरु घ्वाँङ् घ्वाँङ्ती भुक्छन् रे !
स्यालहरु पनि बैराँग लाग्ने स्वर निकालेर कराउँछन् रे !
त्यो सुनसान रातमा
बाटो चौबाटोमा घोडा दौडेको टापको आवाज सुनिन्छ रे !
बाँसको झाँङ्हरु क्रयाक क्रुक पारेको अनौठो चाल सुनिन्छ रे !
खित्का छोड्दै ति शरीर मरेर पनि मन चाँहि नमरेको आत्माहरु
अरु आत्मालाई बोलाउँन आउँछन् रे !

यो असगुन हो ,
यो अलक्षिण हो ,
यो नराम्रो संकेत हो ,
यो कुनै मान्छे मर्दैछ भन्ने पूर्व सुचना हो भन्नुहुन्थ्यो ।
यो मेरो आखे मामको(हजुरबा हजुरमा तामाङ भाषामा) छिप्पिएको पुरातन दिमागी कम्प्युटरको रेकर्डेड फाइल थियो ।
जुन म बेला बेलामा उहाँहरुसँग बसेर कुरागर्दा रातको बेलामा रेडियो झैं सुन्थें ।
नभन्दै भोलिपल्ट त्यै बाटो भएर कुनै मरेको लाशको सवारी हुन्थ्यो ।
अनि म डराउँदै होमा हो भनेर विश्वास गर्थे यो फुच्चो दिमागको लाइसेन्स बोकेको प्राणी ।

त्यसैले रातमा कसैले तिमीलाई
बोलाइहाल्यो भने पनि नबोल्नु भनेर मेरो आखे मामले भन्नुहुन्थ्यो
म केटाकेटी हुँदाखेरी
अब म लक्का जवान छु ,
उमेरको तन्नेरी छु ,
परेको खण्डमा बाघै सँग जुझ्ने बल पनि छ ,
दिउसो नै घाम टन्टलापुर छ ,
भिडभाड खपिनसक्नु छ ,
यस्तैमा पनि
कसैले बोलाईहाल्यो भने पनि मलाई बोल्न
आनाकानी गर्नु परेको छ
मेरो आखे मामले भनेको किम्वदन्ती संम्झिएर पनि होइन।
यसको बेग्लै कारण छ,
किन भने अचेल ,
दिउँसै भुतका छाँयाहरु घुमिरहेका छन् विभिन्न रूप धारण गरेर ।
कसको के लाग्छ र ? मुर्दाहरू दिउँसै हिँड्न थाले पछि.........।


तपेश्वरी १ , उदयपुर

( हालः इजरायल )