सबैको साझा चौतारी

आफ्नो नगर विकास योजना फिर्ता ल्याउन र क्षेत्रिय रंगशाला स्थापना गराउन आज इटहरी नगरवासीहरु आन्दोलित भएका छन् । आज इटहरीलाई धेरै दृष्टिकोणबाट हेर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्रको लागि गरिएको जनआन्दोलनमा इटहरीले खेलेको भूमिकालाई सबैले हृदयदेखि नै प्रशंसा गर्नुपर्दछ । उन्नाइस दिनसम्म चलेको निरकुश शाहकालका विरुद्ध इटहरीमा उर्लेको त्यो मानसागरको कुनै कल्पना गरिनसक्नुको थियो । यति जनलहर शायद काठमाडौँपछिको दोस्रो थियो । इटहरी छेउछाउका शहरमा उत्तरमा, तरहरा, हाँसपोसा, पानमारा, प्रकाशपुर, बराहक्षेत्रका भने पूर्वमा सलकपुर, डागीहाट लेटागं, पत्थरीसम्म, भने दक्षिणमा खनारदेखि दुहवी र टंकिसिनुवारीसम्म त्यस्तै पश्चिममा झुम्कादेखि इनरुवा सम्मका जनता इटहरीमा उर्लेका थिए । त्यो देख्दा जोकोहीलाई लाग्न सक्थ्यो इटहरी नै एउटा यस्तो क्षेत्र हो जहाँ जुनसुकै ठाउँका मानिस हुन वा जुनसुकै जात धर्म र सस्कृतिका मानिस हुन् ती अटाउन सक्ने साझा चौतारी हो । सबै राजनैतिक दल संधसस्थाकाका आवाजहरु एक भएर उर्लेकोे थियो । जसको फलस्वरुप आज देशमा लोकतन्त्र आएको छ । ।

आज फेरि इटहरीले एकपल्ट आन्दोलनको घोषणा गरेको छ.. आफ्नो नगरको विकासको लागि । विगतमा लामो समयसम्म तराइमा मधेश आन्दोलन भयो तर इटहरीलाई कुनै प्रभाव परेन । सधै शान्त र स्थीर रहयो । पहाडमा लिम्वुवानको आन्दोलन भयो तर इटहरी प्राय शान्त र स्थीर नै रह्यो । विभिन्न भाषाभाषी, जनजातीको बसोबास रहेको यो नगर कुनै पनि जातीयताको संधर्षको पीडामा पिल्सानुपरेन । सबै जातजातीलाई समेटेर विकासको चरम उत्कर्षमा पुगेको यो शहरलाई कुनै पनि हालतमा नमूना नगर विकास योजनाबाट बन्चित गराउनुहुँदैन ।

पूर्वाञ्चलकै सुन्दर पर्यटकीय क्षेत्र तालतलैया, काव्यवाटिका कलाको अनुपम नमूना चिन्तन चौतारी, मनशान्त रेष्टुरेन्ट पूर्वकै गरिमा हुन् । त्यस्तै साहित्य गतिविधि भइरहने र गराउने साहित्यसञ्चार समूह, उत्खनन नारी साहित्यप्रतिष्ठान, अच्छारसिक राई प्रतिष्ठान, इटहरी साहित्य समूह देश कै नमूना साहित्यिक सस्था हुन् । विभिन्न भाषाभाषी जस्तै राईलिम्बू क्षेत्रीबाहुन, थारु , राजबंशी, शाहतेली थापामगर ,आदि जनजातीको सबै किसिमकोे चाडपर्व, उत्सवहरु गरिने साझा थलो हो इटहरी । कुनै पनि जातजातीको बाहुल्यता नरहेको र कुनै धर्म र सस्कृतिले अर्काे धर्म वा सस्कृतिलाई थिचिमिचो नगरेको सबै थरिको जातजाती, भाषासस्कृति, धर्मकर्म चाडपर्वलाई साझा रुपमा बोकेर बसेको इटहरी आफैमा राष्टको एउटा नमूना शहर हो

अजुधेर विकासको यो सीमासम्म आइपुगेको छ । यसले धनकुटा, धरान, विराटनगर, इनरुवाजस्तो कुनै पनि राजनैतिक नेताको आर्शिवाद पाउन सकेन । हेपिएको, ठगिएको अवस्थामा धेरै वर्षसम्म आफ्नो अस्तित्व कायम राखिरह्यो । त्यसैले यहाँ कुनै जिल्लास्तरीय, क्षेत्रियस्तरीय कार्यलयहरु खोलिएनन् । दुइचारवटा तख्तामा बनेको इटहरी गाउँविकास भवन आज तीनतले विल्डिगमा परिवर्तन भएको छ । त्यस्तै मेचीमहाकाली पोखरीले एकताको सन्देश दिएको हाँसिरहको छ । पोखरीको रमणीय दृश्यका साथै भव्य सास्कृतिक भवन इटहरीको आफ्नै संधर्ष र बलबुताले बनेका हुन ।


यहाँ खोलिएका व्यापारिक संधसस्था र सामाजिक संधसस्था र चारैदिशाको पर्यटकहरुको आवतजावतले यो शहर दिनपर दिन पूर्वाञ्चलको नमूना शहरको रुपमा विकास हुँदै गएको छ । निजीस्वार्थको लागि खिचातानी गरिरहेको आजको राजनैतिक परिवेशमा इटहरीले आफ्नो नगरको लागि गरेको संधर्ष र आन्दोलनलाई विद्रोहको भावनामा नलिई राष्टले नमूना र सान्र्दभिकताको रुपमा लिनुपर्दछ अहिले चलिरहेको रगशालाको स्थापनाको लागि पनि राजनैतिक खिचातानी नगरी इटहरीलाई दिदा सान्र्दभिक ठहरिनेछ ।