आज बिदाको दिन ।

- अशोक पार्थिव तामाङ
आज बिदाको दिन ।
रहरहरु बजारमा
दौडिन्दै
भिडभाड छिचोल्दैछ
आफु अघि निस्किनुँलाई

मान्छेले मान्छे धकेल्दैछ
अलिकति खल्तीमा भएको पैसाहरू
गोजीको बटन उफार्दैछ
पोखिएर बिलाउँनुलाइ ,
त्यसैले
म अन्तै मोडिन्छु ।।

हो................

आज बिदाको दिन ।
म समुँन्द्रको किनारामा टोलिनेछु ।
दुई चार डल्फिँन माछाहरु उफ्रि उफ्रि
एक अर्कामा लुकामारी खेलेको हेर्नेछु ।
प्रकृती के बोल्छ त्यो कान थापेर सुन्नेछु ,
मस्त यौवना जोडा जोडीहरुको
सुकिलो बैंस पौडिएर तटमा
पेन्गुइँन् जस्तो टाक्राक टुक्रुक
बालुवाको धोती बनाइ
बसेको पनि अवलोकन गर्नेछु ।।

एक छिनमा छाल आउँला
सुर चले
म पनि माछा बँनिन
पानीमा पस्न हतारिउँला ।

पानी मुनिका सार्कहरू
बेस्कन भोकको
प्यासमा घुम्दै होलान् है ।

म एक्लै पौडिन जाँदा
के थाहा ?
त्यो सार्कले
म लुरेलाइ आहर
पनि त बनाउँन सक्छ नि ?
मान्छेले मकै भट्मास चपाए झैं
चपाउँन पनि त सक्छ नि ?
भो मत जाँदिन समुन्द्रको किनारामा
फर्किन्छु........।

हो
आज बिदाको दिन ।
बरु सिरकलाई गुजुल्टो पारेर
एक छिमल निन्द्राँ सुतेर हेर्छु ।
ओहो ! मत परदेशमा पो छु ।
आज घर सम्झिने दिन ।
चाँडबाडको दिन
त्यसैले एक चोटि
बिम्झेर घरमा टेलिफोन गर्नुपर्ला
सन्तेको स्कुलको फिस तिर्नु अझै पो बाँकि छकि ?
बाटुलीलाइ जामा किनिदिइन् कि होइन ?
म कहाँ डुल्न जान फुर्सद छ र ?

मैले त अलिकति पैसा पनि पो पठाउनुपर्छ
मेरो जिबन सँहेलीलाइ ।
मैले खबर सोध्नुपर्छ
उनिलाइ कस्तो छ ?
दिन कसरी बिताउँदी हो ?

तर
यदि उनिले मलाइ चाहिं
सोधिछिन् भने
ढाँटेर नै सहि
दुःख लुकाउँदै उनि सित ,
ज्यानलाइ त एकदम सन्चै छ भन्नुपर्ला
किनभने
आज बिदाको दिन ।।



तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल