बिर्सनै नसकेको त्यो रात……


राज राई संगम

त्यो रात लाई सम्झिंदा……… कथा यसरी सुरु हुन्छ हामि ३ जवान ठिटा हरुको सुर न तालको यात्रा बाट । बिना लक्ष्यको यात्रा शुभारम्भ बाट । बेलुकीको ४ बजी सकेको थियो सुर्यनारायणको तेजीलो किरण हरु अब बिस्तारै सुन्यातामा परिणत हुदै थियो ।

काठमाडौको पट्यार लाग्दो बसाई एक किसिमको दिन भरीको छटपटी नै हुन्छ । उसै माथि स्वस्थ खराब भएको आज २ दिन भई सकेको थियो मेरो । ज्वरो आउने खाना नरुच्ने यस्तै थियो । आज पनि बिहान देखी खाना रुचेको थिएन शरिरमा शक्तिको कम्ति महसुस भई रहेको थियो तर बिमारीले भने राम्ररी नै छोडेको महशुस गरेको थिएँ ।

मेरो नजिकको मित्र नारायण श्रेष्ठ हर बेलुकी पख टहल्न निस्कन हाम्रो दैनिकी जस्तै भईसकेको छ । आज पनि यहि मनसायले मलाई भेट्न आईपुगेको थियो उ । ू जाउँ तौलुङतिर हावा खान ू यो पहिलो बोलीमानै म उनको पछि लागी सकेको थिएँ । बेफ्वाँकको काठमाडौ बसाई काम पनि के नै पो थियो र जसरी तसरी दिन त काट्नै पर् यो । मेरो सानो भतिज ू बिबेक ू पछाडी लागेको थियो र साथमा सानो श्रेष्ठ भाई पनि । त्यति बेला सम्म ू किशोर ू पनि आई पुगि सकेको थियो उ मेरो घनिष्ठ मित्र हो । हामि ५ जना अब बिना सोचमा आफ्नो पाईला हरुलाई आगाडी बढाउन थाल्यौं चपली गाँउको सिरान तौलुङ गाँउ तर्फ । मलाई तिथि मिति यकिन भएन त्यति बेला जनआन्दोन भाग २ एकदमै गरमा गरम रुपमा तातिएको थियो सायद अन्तिम अबस्था तिर पुगेको थियो । बैसाख महिना हो आजको दिन बाग्मतिको मुहान ू बागद्धर ू जहाँ ठुलो मेला लाग्ने दिन रहेछ । शिबपुरी डाँडा बाट पनि पल्लो पट्टि नुवाकोट नजिक । तर द्धन्दको कारणले केहि साल अगाडी बाट त्यहाँको देबिलाई यहि बुढानिलकण्ठ भन्दा उता पट्टि तौलुङ गाँउमा ल्याएर पुजा गर्ने चलन् बनाएका रहेछन त्याहाँका तामाङग समाजले । हाम्रो यात्रा अब त्यातै निस्चित भयो ।

तौलुङ मा पुग्दा साँढे ४ भई सकेको थियो । तर हामिले सोचे जस्तो चहलपहल थिएन त्याहाँ न त देबी नै थियो त्याहाँ न त मेला नै । सुनसान चकमन्न वातावरण । ू हिस्स बुढि हरियो दाँत ू भने झैं भयौं हामि । कुरा बुझ्दा हामि धेरै ढिलो भएछौं । देबी ल्याएर पनि फर्काईएछ ू जानु नि भाई हरु बाग्द्धरमानै यस्तो जवान भाई हरु एक डेढ घण्टा लाग्ला ू भट्टि वाला तामाङगनी दिदिले हामिलाई हौस्याउनु भयो । किशोर र नारायणले ू कि जाँउ त ू भन्ने जोश देखाए पछि हामिले यता उता सोध्यौं पुग्नलाई मात्र एक डेढ घण्टा लाग्ने बताए सबैले । हामिले हिसाब लगायौं हामिलाई जान एक घण्टा आउन एक घण्टा जुनको रात बढिमा साँढे सात सम्ममा जसरी पनि हामि फर्कि सक्छौं यस्तै हिसाब पास भयो हाम्रो । भतिज र सानो भाईलाई फर्कायौं त्याहि बाट । एक पल्ट उकालो तिर नियालें मैले शिबपुरी डाँडाले आकाश छोएझैं लाथ्यो । नयाँ यात्रा अपरिचित जंगल पहाडका बाटा हरु समयले पुग्ला कि नपुग्ला हामिलाई संका लागेको थियो । तर अरुको हौसलाले हाम्रो जोश थप्यो । शसंकित पाईला हरु बिस्तारै उकालो तर्फ बढायौं । उकाली ओराली बन पाखा नभोगेको मेरा दुई साथिले त आँट गरेका थिए भने म त उहि भिर पाखा मेरो प्यारो ओखलढुंगाको काखमा खेलेर हुर्केको मान्छे किन पछि पथेर्ं र तर बिमारीले अलिकती जोश कम्ति थियो । तै पनि साथिहरुको आँट लाई मर्न दिन उचित ठानिनँ । अनेकौं खुट्किला घुम्ति अनि पट्यार जंगलको बाटो लाई छिचोल्दै हामि क्रमश उकालो बढि रह्यौं । अलि मास्तिर पुगे पछि ओराले झरी रहेका एक हुल मान्छे हरु सँग भेट भयो । बच्चा र आइमाइ मान्छे हरुको हुल थियो । कसैले त घाँस दाउरा पनि बोकेका थिए मलाई गाँउ घरतिरको याद आयो । ू कहाँ पुगेर हो दिदि हरु ू मैंले सोधें ू हामि बाग्द्धर बाट हो अनि भाई हरु पनि त्यतै हो ू सबै भन्दा पछिल्लो दिदिले भन्नु भयो । ू हजुर हो हामि त नयाँ मान्छे बाटो के कस्तो छ दिदि ू कुरा सटकट मा गर्नु जरुरी थियो किन कि उहाँको साथि हरुले उहाँलाई छोडी सक्नु भएको थियो । ू भाई हरुलाइ रात त पर्छ नै तर पनि जवान मान्छे गारो हुन्न माथि डाँडा हेर्दै उकालो जानु बाटो बिर्दैन । हाम्रो सानो १ जना भाई लाई नारायणथानको दिदि हरुले बाटो चिन्दैनौं भनेर फर्काएर लानु भाछ माथि डाँडा सम्ममा त भेट्नु हुन्छनै छिटो फर्कनु भन्नु ल भाई हरु ू हुन्छ भन्दै हामि लाग्यौं उकालो । हामिलाई शाहस ठुलो मिल्यौ किन कि उकालो जाने मान्छे हरु पनि रहेछन भन्ने थाह भयो । बाटोमा आउने जाने मान्छे नभेटेर निरास भएका थियौं हामि ।

शिबपुरी जंगल काठमाडौको नजिकैको डाँडा तल शहर बाट जति आकर्षक र सुन्दर देखिन्छ उतिकै आकर्षक त्यास बन भित्रको यात्राले मन लोभ्याउँदो रहेछ । यस बन् भित्रको प्रकृतिक दृश्यबलोकनले साँच्चै मेरो भोक तिर्खा हराएको थियो । उसै पनि ऋतुराज बशन्तको रौनकता रुखका काप हरुमा झपक्क फुलेका सुनाखरी राताम्या फुलेका गुराँसको फुल हरु भर्खर पलाएका बुटा र झाङको हरियो पालुवा हरुमा त्यास माथि पश्चिम क्षितिजमा लोलाएको लालिमा को छड्के रक्तिम किरण हरु ढिस्कोमा बसेर पर सम्म आँखा हुत्याउँदा यति शोभायमान देखिन्थ्यौ कि लाग्थ्यौ बन भरी इन्द्रेणि छचल्किएको छ । हो हेरेर कहिल्यै नअघाउने ति प्रकृतिका अनुपम उपहार हरुमा खेल्दै माथि डाँडाको सायद बिच भाग तिर प्रबेश गरि सकेका थियौं हामि ३ अन्जान यात्री हरु ।

अब हामिले बस्तिलाई निकै तल छोडि सकेका थियौं । हो यो भन्दा माथि पुरै पहाड र घनघोर जंगलको मात्र यात्रा थियो । खाने कुरा केहि बोकिएन भनेर हामिले निकै माथि पुगे पछि मात्र याद गर् यौं । जतिखेर हामिलाई भोक प्यास र थकानले लखतरान पारेको थियो ।

म त झन बिरामीले भर्खर छोडेको मान्छे । त्यस माथि खाना नरुचेर रित्तो पेटको महशुस मैंले त्यतिबेला राम्रै सँग गरें । हामि ३ जनाको नै हात भरी गुराँस र सुनाखरीको फुल थियो । तिर्खाले ब्याकुल थियौं तर कतै पानी भेटिने सम्भाबना सम्म थिएन । गुराँसको फुल अनि जुरेकाफलको काँचो दाना चपाउदै पाईला पनि हतारमा चालि रहेका थियौं हामिले । नरायण र किशोर ले त रहरले चपाएका थिए सायद तर मेर चपाइको मतलब भने अर्कै थियो रित्तो पेटलाई अलिकती भए पनि उकास्नु र शरिरमा थोरै भए पनि ताकत जमाउनु । ू मलाई त सार् है भोक लाग्यो यार के गर्ने हिड्न सकिएला जस्तो छैन । उस्तै थकाइ पनि धेरै लागेको छ । ू यति भन्दै म चुचे ढुंगा मथि गएर थचक्क बसें । अनि हात भरीको राताम्या गुराँसको फुल हरु चपाउन लागें । साथि हरु केही निरास देखिए ू अब के गर्ने त यतिकै पनि किन फर्किने यति टाढा आइृ्र पुगिसकियो डाँडा पनि अब त नजिकै देखिन थालियो ू शिबपुरी डाँडा तिर घाँटी तन्काएर हेर्दै किशोर बोल्यो । तल खाल्डोमा देखिने काठमाडौ लाई खुब नियालेर हेरी रहेको थियो नारायण । म पनि फकर्ंे त्यतै । आहा क्या सुन्दर देखिन्थ्यौ काठमाडौ । घाम क्षितिजमा एक बित्ता मात्र बाँकी थियो । चारैतिर डाँडैडाँडाको बिचमा यति सुन्दर लाग्थ्यो काठमाडौ शहर हो मैले काठमाडौलाई पहिलो पल्ट यो रुपमा हेर्दैछु । धरहरा पशुपती एर्यपोर्ट भनौं काठमाडौंको अंगप्रत्यांग नियाल्न सिकंदो रहेछ ।

हामि जति छिटो दौड्यौं सायद यो भन्दा अगाडी नै दौडियौ होला । मलाई यस्तै लाग्यो किन कि अब म सँग उभिने सम्म पनि ताकत बाँकि होला जस्तो लागेन बाटो अझै कति बाँकी छ थाहा छैन हामिलाई पानी को कतै मेलो पाईन्छ कि भनेर मैंले निकै पर पर सम्म आँखा पुर् याएँ तर सम्भाबना सुन्या थियो । फर्किने कि जाने उकालो मेरो निर्णयमा भर थियो अब तल नियालें मैंले पार गरेर आएको बाटो हरु नागबेली घुम्तिहरु जंगलले नढाकेको ठाँउमा गारेटोको रुपमा मात्र किरिङ मिरिङ देखिन्थ्यो । थाहै नपाई धेरै माथि आई सकेछौं हामि । त्यतिकै पर्कने त मन नै भएन । अब बिकल्प काफलको रुख तिर आँखा दौडाउन लागें म । अलि मास्तिर हाडे काफल झुप्प भुप्प धेरै फलेको रहेछ ज्यानमा शक्ति नभए पनि जवानी पनको चन्चलता त्यतिकै हार खाने सवालै थिएन । हामिले काफलको रुखमा काँचो काफलका दाना हरु मुठी मुठी फाँक्न थाल्यौं । करिब १५ मिनट भित्र त मैंले पेट भरी सकेको थिएँ । म अब साँच्चै खुशी थिएँ नया जोश भरिएको थियो म मा । साथि हरु पनि उस्तै खुशि देखिन्थे । तर हाम्रो खुशि लाई एउटा कुराले साथ दिएन समयले नेटो काटिसकेको थियो । क्षितिजमा आधि भन्दा बढी डुबी सकेको घामले हामि भित्र सन्त्रास फैलायो । हामि अब उकालो दाडियौं । उस्तै पट्यार जंगल भित्रको गोरेटो बाटो यता र उता छुटिएको बाटो कता हो छुट्याउन गार् हो थियो । तै पनि शिबपुरी डाँडा को टार्गेट गरेर हामि हामि हस्याङ पस्याङ दौडी रह्यौं ।

रुखका पत्कर हरुले छोपिएको बाटो कालिज हरु दैडिएको आवाज प्रस्ट सुनिन्थ्यौ । दु_िम्स सालक र लोखर्केले बनाएका दुलो हरु प्रशस्त भेटिन्थे । कालीज भुतभुते खेलेको माटोमा शोभायमान लाग्थ्यो । रंगि बिरंगी चराहरुको चिरबिर आवाजले बेलुकीपखको आभास दिई रहेको थियो । झार बुट्यान देखि लिएर बडेमाको रुखहरुले ढाकिएको बिशालकाय जंगल भित्र अब अँध्यारोपनाले भपक्क छोपी सकेको थियो । खल्मे खरने लाङ्ठे पलाट खस्रु यस्तै रुखहरु प्रशस्त थिए । मलाई यति बेला अतिनै ठण्डिको महशुस भएको थियो किन कि हामि निकै उचाईमा आई पुगेका रहेछौं । यी रुखहरुले मलाई याद दिलायो जुन मेरो अतितको यादगर रुख हरु हून् । तारेभिर मझुवा गैरी डाँडा भेडाखर्क पौड्याल खर्क यतै बितेको अतित हरुमा यी रुखहरु सँग मेरो अबिस्मरणिय नाता रहेको छ । एक किशिमको अपनत्वको आभास नै भई रहेको थियो मलाई यी रुख हरुको प्रत्यक्षतामा । डाँडा निस्कनै लाग्दा झ्याउ पलाएको ढूंगेधारा भेटियो ठण्डिले तिर्खा हराई सके पनि अलि पिउनै मन लाग्यो अतित बितेको यादगर हावा पानी बोट बिरुवा यी सफा कलकल बग्ने खोल्साको पानी देखेर । नारायण र किशोर मुखमा पानी पर्ने बित्तिकै भागे दाँत झर्ला जस्तो ठण्डि पानीले । मैंले थोरै पिएँ । डाँडामा फुत्त निस्कँदा अब फराकिलो बाटो भेटियो । मान्छेको आवत जावत कम भए पनि बाटो ठुलो र फराकिले बनाईएको थियो । डाँडाको ढुङगे चौतारीमा ३ जना आधाबैंशे दिदि हरु र एक जना सानो भाई भेटियो । हाम्रो खुशिको सिमा रहेन दिदि हरु पनि खुशी हुनु भयो । सँगै जाने सल्लाह भए पछी हामि कुरा गर्दै अगाडी बढ्ंयौ । नयाँ हुनु हुँदो रहेछ दिदि हरु पनि सानो भाई चाँही आज बिहानै आएर फर्कने क्रममा फेरी दिदिहरुले बाटो नचिनेर यतै फर्काउनु भएको रहेछ । हामिले तल भेटेका दिदि हरुले भनेको मान्छे हरु उहाँहरुनै हुनु हुँदो रहेछ । अब हाम्रो िहंडाई धेरै ढिलो हुन लाग्यो किन कि दिदि हरुको मोटो ज्यान त्यास माथी हिड्ने बानी नभएको यत्रो उकालोको हिडाई सामान्या थिएन । हामि तिनै जना जाडोले लगलग कामी रहेका थियौं । म त झन् एकसरो पातलो हाफ टिसर्ट मा थिएँ । नारायण र किशोरको पनि गतिलो त कहाँ हुनु र नारायणको भित्र गन्जिमा हाफ सर्ट र किशोरको चाँही फुल सर्टनै थियो । दिन पुरै रातमा परिणत भईसकेको थियो अब । आकाशमा गोलो चहकिलो चन्द्रमाको उपश्थिति भई सकेको थियो । आकाश छोलाझैं अजंगको रुख हरुको बिसालकाय जंगल भए पनि भित्र सम्म जुन छिर्नको लागी रोक्ने बाक्लो मसिनो रुख हरु थिएनन् । सबैको मन्मा डर र त्रासले मुटु धड्कि रहेको अबस्था थियो नै दिदि हरुको मोटाई अली धेरैनै थियो उकाली ओरालीको बाटोमा सकस पर्नु स्वभाबिक हो तर मलाई अचम्म लागी रहेको थियो कसरी यतिका उकालो पार गरेर यहाँ सम्म आई पुग्नु भयो । ू के गरौं भाई हो फर्कनु पनि कसरी फर्कने त्यसतो जंगलको बाटो छ अँध्यारो उस्तै गोरेटो बाटो यता र उता हिडाई पनि यस्तो छ ू सबै भन्दा मोटी दिदिको गुनासो थियो यो । सँगै जाने सल्लाह त थियो तर यतिका ढिलो िहंडाईमा हाम्रो त्रासदी र चन्चलता उस्तै उत्सुकता मनैले मानेन हामि अगाडी बड्न कसियौं दिदि हरुले पनि रोक्न चाहनु भएन ।

अब हाम्रो पाईला हरु धेरै छिटो चल्न थालेको थियो । कतै खोल्सा कतै डाँडा यस्तै बाटो हरुलाई पार गर्दै हामि चकमन्न साँझ भित्र हतार दौडिरहेका थियौं । मानब अष्तित्वको कतै नाम निसाना सम्म आभास हुँदैनथ्यौ । नजिक्को बस्ति भन्नु सायद उहिँ २ अढाई घण्टा तलको बुढानिलकण्ठ तौलुङ नै होला । केबल जंगलै जंगलको राज धेरैनै बितिसकेको साँझ हो हामिमा यति छटपटि थियो कि हामिले केहि निर्णयनै गर्न सकि रहेको थिएनौ । गन्तब्यामा पुग्न पागलझैं दौडिरहेका छौं । अझै बाटो कती छ केहि थाहा छैन हामिलाई । हामि निकै पर खोल्सामा पुग्न लागेको थियौं यतिकैमा केही मान्छेको गुनगुनाहट सुनियो मनमा खुशिको तरंगहरु छचल्कियो कान चनाखो पारेर हामि अगाडी दौडी रहेको थियौं यतिकैमा अचानक त्याहाँ देखिएको दृस्याले हामि झन्नै बेहोश भयौं बाटोलाई बिचमा पारेर तल र माथि ८-१० जना युबा हरु छरपस्ट बसेका थिए बाटोको बिच भागमा एक जना करिब ३०-३५ को लाग्ने युबा लाई लामो काठको घोचामा छालाको पेटीले ३-४ ठाँउ बाँधेर बोक्न लाई सजिलो बनाएर लम्पसार तेस्र्याईएको थियो । जंगल भित्रै भए पनि त्याहाँ सम्म छिरेको जुनको टह टह उज्यालोमा हामिले राम्रो सँग नियाल्न सक्यौं । मनलाई काबुमा राख्दै हामि उनिहरुको बिच हुँदै अगाडी बढ्यौं । साँघुरो बाटो भएकोले बाँधिएको मान्छेलाई जोगाउँदा जोगाउँदै पनि खुट्टालै छुने अबस्था थियो । डराउदै भए पनि त्यास मान्छे लाई नियाल्न भ्याँए मैंले । खुट्टामा एउटा मात्र हातिछाप चपल थियो त्यास युबाको कपडा पुरानो र मैंलो लाग्थ्यौ । कपडा हरु पनि च्यातिएको थियो । जिबित थियो या मृत थियो हामि कसैले भेउ पाएनौं ति युबा हरु र_िक्सको नसामा थिए टाढै बाट र_िक्सको गन्ध थाहा भयो । यत्र तत्र र_िक्सको बोतल र ड्रम हरु फालिएका थिए । त्यास ठाँउलाई पार गरेर अगाडी बढ्यौं त्यास बाँधिएको मान्छेलाई घिसार्दै ल्याईएको पनि प्रस्ट देखिन्थ्यौ । निकै पर एउटा हाती छाप चपल देखियो । जुन उहि युबाको खुट्टामा रहेको चपलको जोडी थियो । त्यो एउटा कुराले आज पनि मलाई उत्सुकता जगाई रहेछ जुन त्यास युबालाई बाँध्नुको रहस्या के थियो त्यास युबा मृत थियो या ज्युँदो त्यास घटना उद्धार थियो या अपराध यदि उद्धार थियो त किन त्यातीको लापार्बाही अपराध थियो त किन त्यतीको खुलेआम जब कि मेलाको समय बाटोमा जो पनि हिड्न सक्छ । त्यास एकान्त जंगल भित्रको सुन्याता लाई के आफ्नो शक्ति ठानेका थिए तिनिहरुले

जुन घटनाले हामि धेरै डराएका थियौं हाम्रो पाईला अझ छिटो चल्न थाल्यौ । अब त पुगियो होला पुगियो होला भन्दा भन्दै कहिल्यै पुगिएन गन्तब्यामा पनि । हामि हताश थियौं । यतिकैमा फेरि हामि खोल्सा भित्र छिरेका थियौं रुख र ढिस्को ले जुनको किरण लाई छेकिएको थियो अँधेरो थियो खोल्सा फेरी मानब आवाज हरु गुिाजएको सुनियो नजिक जम्काभेट हँुदा मात्र हामिले एक अर्कालाई देख्यौं । पहिलेको घटना सम्झेर हामि फेरी झस्कियौं । ३ जवान रहेछन् तिनिहरु पनि सायद सुरष्क्षाको हिसाबले नै हुनसक्छ आफु भन्दा लामो लामो लौरो टेकेको टक् टक् आवाज टाढा बाट नै सुनिन्थ्यौ । भेट हुँदा र_िक्सको गन्ध ह्वस्स आयो पाईलाको पनि ठेगान थिएन । ू दाई हरु बागद्धर कति टाढा होला ू अली अगाडी आए पछि मैलें सोधें ू हामि सँग नबोल्दा नै राम्रो होला ू पछिल्लो लम्बु बोल्यो । चुप चाप बाटो लाग्नु नै ठिक थियो । अचम्म लाग्यो हामिलाई र साथमा हामि धेरै डराएको पनि थियौं मुर्ख देखि दैब डराउनु नै पर्छ । हामि अब एउटा अग्लो ढिस्कोमा पुग्यौं जहाँ बाट टाढा सम्म नियाल्न सकिन्थ्यौ । हमिले बागद्धरलाई निसाना बनाएर हेर् यौं ओहो दिमाग खराब त अब भयो हाम्रो जता ततै जंगल मात्र क्षितिजमा झैं लाग्थ्यो टिल पिल बत्ति बलेको देखिन्थ्यै आगो बालिएको देखिन्थ्यौ हो बागद्धर यहि थियो किन कि त्यो भन्दा यता नजिक त बिशाल जंगल मात्र थियो । तल तल नुवाकोट को गाँउ हरुमा टिलपिल बलेको बत्ति हरु मधुरो देखिन्थे । हाम्रो आँट आएन भर्खर सम्म हतारिएका हाम्रो मनस्थिति अब पुरै सेलाई सकेको थियो । ू ल फर्कौं ू रुन्चे स्वरमा झैं बोलेको थियो नारायण । हामि दुबैले साथ दियौं उसको स्वरमा । बाध्याता पनि यहि थियो ।

ज्यान गलेको यतिखेर मात्र थाह भयो हामिलाई । मन त उसै गलेको थियो । जोश र जाँगर एकै चोटी गुम भयो । कसरी फर्कने त अब तल तल जंगल भित्रको अँधेरो रात । दिउँसो नै त गोरेटो बाटो हराउथ्यो निरास निरास बन्दै हामि ओरालो झर् यों । अब पहिले भेटेका मान्छे हरुबाट कसरी बच्ने नसा लागेको मान्छे हरु त्यतिकै पनि लफडा हुन सक्थ्यौ । त्यासै पनि राम्रो नियतको मान्छे जस्तो लाग्दैनथ्यौ । ति दिदि हरु के गरे होलान् फर्किए कि यस्तै कुरा गर्दै हामि सुष्त सुष्त पाईला ओरालो बढाउन लाग्यों ।

निकै यता आए पछि केहि खैला बैला सुनियो हामि होशियारी साथ अगाडी बढ्यौं नारी आवाज प्रस्ट भयो । उहिँ दिदि हरु हुनुहुन्थ्यौ । हाम्रो फेरी एकपटक खुशिको सिमा रहेन होसहवास गुम भई सकेको रहेछ दिदि हरुको पनि । हामिले सोध्ँयौं मान्छे घिसार्ने हरु कहाँ भेट्नु भयो भनेर डराई रहेको आवाजमा तल भेटेको त्यो मान्छे मरेको या जीउँदो त्यो थाहा नभएको कुरा बताउनु भयो । बागद्धर तिरको कुरा सुनाए पछि दिदि हरुको पनि आँट आउने कुरै भएन । रातीको एक दुई बजे पनि हामिलाई नछोडनु सँगै जानु पर्छ भन्दै हामि सँग फर्किनु भयौ उहाँ हरु पनि ।

अब हामि सात जनाको टोली भयौं । केहि ढुक्क पनि थियौं । अलि यता आए पछि फेरी मान्छेको खैला बैला सुनियो हामि फेरी होशियार भयौं केहि क्षण उभिएर सुन्यौ आवाज हामि बाट नजिक थियो । मान्छे हरु धेरै थिए । गु्रप भित्र भुढापाका को पनि आवाज सुनिए पछि केहि ढुक्क भएर अगाडी बढ्यौं । त्याँहाँ पुगेर थाहा भयौ उनिहरु को पनि हाल करिब हाम्रो जस्तो नै रहेछ । सात जनाको गु्रप थियो उनि हरुको । अब हामि सबैको सल्लाह नमिल्ने कुरै थिएन किन कि हाम्रो समस्या एउटै थियो । हामि १४ जनाको गु्रप बन्यौं उनिहरुको हुल पनि सबै नयाँ रहेछन् । एउटा बुढो बा चाँहि पहिलो साल एकपटक आउनुभएको थियो रे । उनिहरुको साथमा खाने कुरा हरु प्रसस्ति थियो चाउचाउ बिस्कुट गुल्कोज पानी । हामि तिर पनि शेयर गरे त्यति बेला पो अनुभब भयो मलाई काफलको दानाले राम्ररी नै छोडी सकेको रहेछ । मान्छे घिसार्ने हरुको बारेमा सोध्दा अली तल मात्र भेटेको बताए । हामि फर्कि सकेका थियौं उकालो । सुष्त हिडाँईमा साथि हरुले ल्याएका खानेकुरा चपाँउदै । बागद्धर पुग्ने बेला अली यतै बाट ठण्डि महिना आगो ताप्नु पर्छ भन्दै साथी हरुले सुकेको दाउरा हरु आफुले सकेको बोक्न लागे । लेकाली ठाँउ बिशाल जंगल भित्र प्रशष्त सुकेको दाउरा हरु पाईन्थ्यौ । हामि सबैले बोक्यौं । केहि समय अगाडीको त्याती धेरै नमिठो पल अहिले साँच्चै रमाईलो वाताबरण छाएको थियो हामि बिच ।

हामि बागद्धर पुग्यौं । मुलथान भन्दा अली मास्तिर मेला लागी रहेको थियो । करिब १०० जस्तो को हाराहारीमा मान्छे हरु थिए । त्याँहाँ पुग्दा रातीको करिब ९ साँढे यस्तै भएको थियो । नुवाकोटे तामाङहरुको सानो तिनो छाप्रा हरुको होटल थियो केहि खानेकुरा हरु चाउचाउ थुक्पा अण्डा केही भुटेको मासुका साथमा लोकल र_िक्स हरु थिए । ठण्डि मौसम लोकल र_िक्स र मासु अली धेर बिकि रहेको थियो । हामिले आफुले लगेको दाउरा बालेर आगो ताप्दै नयाँ साथी हरुले ल्याएको खानेकुरा हरु खायौं । अरु ठाँउमा पनि यस्तै आगो बली रहेको थियो । हाम्रो त केही थिएन बेबारिसे हिडाँई त थियो । हामिमा अब एउटा चिन्ता थियो कसरी रात बिताउने । यस्को पनि उपाए निस्कि हाल्यो । छेउमै शिबपुरी बाबाको कुटी रहेछ । बाजेले चार जना दिदि हरु र हामि तिन जना लाई त्याँहाँ लानु भयो । अचम्म र गजब पनि लाग्यौ मलाई । सानो सानो दुई तले घर थियो त्यास भित्र दाल भात खाई रहेका थिए मान्छे हरुले । हामि छिर्ने बित्तिकै खाना खानको लागी हात धुन भनियो हामि ३ जनाले खाएनौ । दिदि हरुले खानुभयो । खाना सुत्नको पैसा नलाग्ने रहेछ । दिदि हरु माथिल्लो तलामा सुत्नुभयो । हामि तल्लो तलामा । त्याती धेरै मान्छेको बिच हामिले एउटा कम्बल पाएका थियौं । अर्को पातलो कम्बल ओछ्याउनको लागी थियो । भुँईको चिसो र जाडोले निन्द्रा नलागे पछि हामि बाहिर निस्कियौं आगो ताप्न तिर । आगो ताप्दै गाँजा चुरोट तान्नेहरु पनि उस्तै थिए । हामिलाई पनि कर गर्थे कहिले तान्ने बानी नभएकोले हामिले तानेनौं ।

दाउरा सकियो आगो निभ्यो ठण्डि बढ्यो ओछ्यानमा जाँउ गतिलो ओढ्ने छैन । बिकल्प पनि राम्रो थिएन । र_िक्सवाली दिदिले जिस्केर बोलाउदै थियो ू भाई हरु तान्ने होईन ू हामि पनि किराँत र नेवारको छोरा थियौं र_िक्स नचल्ने त कुरै थिएन । तर पनि हामि र_िक्स पिउने मान्छे भने होईन । यसो भन्दा म जाँड र_िक्सलाई घृणा गर्ने मान्छे पनि होईन । किन कि हाम्रो सँस्कारमा जाँड र_िक्सलाई प्रसाद ठानिन्छ । यसलाई कसरी प्रयोग गर्नु पर्छ यो कुरामा भने हाम्रो बिबेक हुनै पर्छ । किशोरले मानेन नारायण र मैंले अली अली लगायौं जाडो भगाउने ओसधी । ५-६ महिना पछि पहिलो पल्ट पिएको थिएँ मैंले त्यासैले थोरैले नै ज्यान तातो भयो

हामि गएर सुत्यौं । म बिचमा ओढ्ने सानो थियो यता तान्दा उता नपुग्ने उता तान्दा यता नपुग्ने बिचमा मलाई चाँही पुग्थ्यौ । सिरानी केही थिएन जुता अरुतिर राख्दा हराउने पनि डर त्यासैले जुतालाईनै सिरानी बनायौं । जुताको नमिठो गन्ध थियो । तर पनि बिबश थियौं । बिहान पख म निदाएछु साथि हरु त निन्द्रानै लागेन भन्थे । बिउझिदा उज्यालो अली अली भईसकेको थियो । हामि हतार उठ्यौं । नयाँ साथि हरु यत्र तत्र लागी सकेछन् । बागद्धरमा हात मुख धोएर दर्शन गर् यौं । अनि सिधै झर् यौं नाराणथान तिर झर् यों । जंगल भरी पंछीको चिरबिर आवाज थियो । धेरै प्रकारको पंछी र जनावर हरु यस जंगलको शोभा रहेछ ।

यसरी हामिले अनापेक्षित यात्रालाई पुरा गरेर करिब दिउँसोको १ बजे तिर आफ्नो बासस्थान आई पुग्यौं । आफन्त लाई उस्तै चिन्ताले सताएको थियो । हामि आएर आफ्नो त्यो रातको कथा सुनाउदा सबै छक्क परे ।

ओहो !!! आज पनि झल्झलि आई रहन्छ त्यास रातको पल पलको याद हरु । आँखा साम्ने नाचे झैं लाग्छ ति क्षण हरु । त्यास घटना लाई म चन्चल्ताको पराकाष्ठ भन्न रुचाउछु । तर आज सम्झिंदा रमाईलो लाग्छ । कहिल्यै बिस्रन्न ति रात लाई । अनि ति अनन्या मित्र नारायण श्रेष्ठ र किशोर श्रेष्ठ काठमाडौ लाई ।
बिगुटार -४ सुर्के ओखलढुंगा हाल शार्जाह युएई