आफ्नोपन

लेखिका :- संगीता घिमिरे
हाल नाहारिया इजरायल


आधुनिक प्रबिधि र बिकसित
यि गगन चुम्बी आलिशान महलहरुको बीचमा ,
मेरो त्यों गाउको खरले छाएको
अनि रातो माटो र हरियो गाईको गोबरले लिपेको
आफ्नैपनको शुभास,
मेरो झुपडीको सुगंध यहाँ पाइन!!

गर्माएको मनलाइ शान्त पार्न
फ्रिज भित्र राखिएको प्रसोधित पानीको बोत्तल भित्र ,
मेरो त्यों गोत्तिखोलामा छङ्ग छङ्ग गर्दै बगेको
निश्चल अनि दात नै सीरिंङ हुने चिसोपन यहाँ पाइन !!

सडक पेटिमै छन
हरिया लहलाहाउदा जंगल झै लाग्ने ,
बस्छु छहारी छ तर,
मेरो त्यों सिक्रो पर्न लागी सकेको लाकुरीको सीतलता यहाँ पाइन !!

काम र कर्तब्यको बोझ बिसाउने यि आलिशान पलंगहरुमा,
झुत्रो गुन्यूचोलीले मोरिएको मेरी आमाको मिठो गंध आउने
आफ्नै न्यानोपन दिने बीस्तारा यहाँ पाइन
त्यसैले त मैले कुनै आराम चाहिन !!

देख्दा खाऊ खाऊ लाग्ने यि हरिया सागपातहरुमा,
नेपालीपन मिसाएर पकाउदा पनि,
मेरो गाइँगोठसँगै जोडिएको मलखादको डीलमा फक्रेको
हरियो रायो र मुलाको गुलियो स्वाद यहाँ पटक्कै पाइन !!

नेपाली नै नेपालीले भरिएको
तेल-अभिबको नेपाली चौतारीमा,
हिमाली दाजू -भाई ,पहाडी दीदी -बहिनी
अनि तराईका बाबा -आमा भेटिए पनि ,
मेरो गाउको हाट बाजारमा भेट हुदा गरिने
एक आपसका भलाकुसारी बिच पाइने आत्मीयता यहाँ पाइन !!

उकुस मुकुस भई सक्यो अब त मन ,
चिन्तित अनि थकित प्रेयसिको सम्झनाले तड्पियेको तन ,
केहिबेरका लागी भए पनि बिसाउने अनि बहकाउने
मेरै नेपालीपनको चौतारी यहाँ पाइन ,
किन की यहाँ मैले मेरो नेपाली आफ्नोपन पाइन !
पाउदै पाइन !!!!
अस्तु