शहिदको सम्झना र वर्तमानमा हाम्रो दायित्व

शंकर कुमार पौडेल
सदस्य अनेसास इजरायल


जब जब नेपाली राजनितीक आन्दोलन र अतितलाई संझंन पुग्छु तब तब मेरो मानस पटलमा ती ज्ञात अज्ञात शहिदहरुको सझंना र राष्टले के पायो र के गुमायो भन्ने कौतुहलले मलाई हलपल मानसिक रुपमा बिक्षीप्त बनाउछ । यसै सन्दर्भमा नेपालमा बिगत देखि वर्तमान सम्म आई पुग्दा राष्ट र राष्टीयता अनि जनताको मुक्तीको लागी धरै आन्दोलनहरु भय धेरै नेपाल आमाका छोराछोरीले साहदत प्राप्त गरे कयौं चेलीको सिन्दुर पुछियो हजारौको सख्या नाबालकहरु टुहुरा भय यस्तो प्रकारको मुक्ती आन्दोलन जनाधीकार र स्वतन्त्रता सग्रामको रुपमा संसार भर जही तही भईरहेकै छ भने नेपाली राजनीतिक परिबेक्षमा अलि फरक प्रकृतिको कथा व्यथाले हाम्रो नेपाली जीवनमा सधै सबैलाई उजागर गराईहेको परिदि्रश्य हाम्रो सामु जगजाहेर छ ।लामो समयको जनआन्दोलनबाट जनताले धेरै रगत बगाएर कठिन संधस्रका साथ आज नया नेपालको निरमाण र नयां संधिय गणतान्त्रिक नेपालको संरचना कोरियको छ । यस कार्यमा कसले कति योगदान गर्यो भनेर लेखाजोख ागर्नुभन्दा पनि मैले राष्ट्रको लागी के गर्न सकें भनेर हरेक नेपाली नागरीकले आफुलाई नै एक पटक छातिमा हात राखेर सोच्ने बेला आएको छ । यसै प्रसंगलाई अगाडि बदाउने क्रममा यो पंक्तिीकार पनि बिगतमा नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनमा ज्यान गुमाएका नेपाल आमाका छोरा छोरीहरु प्रति हार्दिक ऋ¢ांजलि अर्पण गर्न चाहन्छ यस्ता यस्ता आन्दोलनको क्रममा दोस्रो जन आन्दोलन २०६२ कॊ शुरुवातका दिनमा पश्चिम नेपालको पोखराको आन्दोलनले नेपाली राजनितिक घटनाक्रममा एउटा फरक प्रकृतिको वातावरण निर्माण गराएको कुरा पनि यहाँहरु समक्ष जाहेर नै छ । त्यस आन्दोलनमा जनता स्वत स्फुर्त रुपमा सडकमा ओर्लिएका थिए । राज्य आतंक र राजा ज्ञानेन्द्रको एकलौटि सासनको विरुदृमा वृद वालक युवा महिला एवं हरेक तह र तप्काका मानिसहरुको िसंगो समर्थनले सडक तातेको थियो । यसै क्रममा यो हजारौको भिडमा एउटा होनहार युवाले सहादक प्राप्त गरे फलत उनी दोस्रो जनआन्दोलन २०६२ का प्रथम सहिद घोसण भए । उनै सहिद स्वर्गिय भिनसेन दाहाललाई म नजिकबाट परिचित र राजनितिक यात्रामा सहयोदृा भएको नाताले पनि नजिकबाट अतितको संंझनामा भुल्न सकिरहेको छैन । यि भिमसेन दाहाल जस्ता हजारौ सहिदहरुको रगतले यो राष्ट्रलाई समुन्नत समाजको निर्माण गरि जनताका मौलिक हक अधिकारको सुनिष्चित हुने र एउटा नयां नेपालको निरमाणमा आर्थिक सामाजिक राजनितिक र धर्मिक दृष्टिकोण र विचारधारामा सम्पुर्ण नेपालीलाई सुनिचित गराउने नै छ भन्ने कुरामा आम नेपाली जन समुदाय सहमत हुनै पर्दछ जस्तो लाग्दछ ।

एउटा तिटो सत्य के हो भन्ने विगत देखि वर्तमान सम्मको नेपालको राष्ट्रिय राजनीतिलाई आँकलन गर्दा सहिदको बलिदानि र हजारौ नेपाली जनताको राजनैतिक स्वतन्त्रताका साथ त्यस पछिको अर्थिक क्रान्तिलाई सभ्य समाज र सुसासनको निर्माण साथ देश विकाशमा एक जुट गराउने सासक र सासनको जहिले पनि हारा लुछि भईरहेको परिस्थितिमा अबको नयां नेपालको नारालाई वर्तमान राजनीति पार्टिहरु र सरकारले जनताका चाहनालाई कसले कसरी लगाम खिचेर अगादि बदाउने हुन त्यो भने हेर्न बाकि नै छ । गरिबि शिक्षा बेरोजगारी समस्या सुचना संचार यवं जनताका दैनिक उपभोगिय वस्टुको परिष्थिती र बजारलाई नेपाल सरकारले अलि विवेक पुर्णा पारदसर्ि जनादेश अनुसार जनताको मन जित्न सक्ने खालको योजना आयोग गठन गरेर विकाश कार्यमा आगाडि बढ्नु बढाउनु आजको अपरिहार्यता हो ।


यसका साथै सबै वर्ग तह तप्काका जनसमुदायको आवाजहरुलाई खेप्न सक्ने सुद्धिढ विकाश कार्यका साथै समय समुन्नथ राष्ट्र बन्न सकोस तब मात्र ति सहिदहरुको राटो रगतले हामीलाई भत भत पोल्ने छैन । जहां ति स्वर्गिय भिमशेन दाहालहरुको वलिदानिमा िसंंगो राष्ट्रले कांचुलि फेर्न सकोस नेताहरुले पद प्रतिष्ठाको राजनीति नगरी जनतामा संंिघंय गणतन्त्रको नारालाई उजागर गरेर सहिदको सपना साकार पार्ने प्रतिवद्धता जाहेर गरियोस् । नत्र भने कुनै आन्दोलनको जतिसुकै रगतले पनि राजनेता र राजनीतिमा जुन जोगी आएपनि कानै चिरेको भन्ने नेपाली उखानलाई चरितार्थ नपार्ला भन्न सकिन्न अन्तमा पूनं ज्ञात अज्ञात सहिदहरुप्रति नतमस्तक हुदै विशाल आन्दोलनका प्रकान्ड छातिहरु गोली थाप्ने विर विरंगनाहरु प्रति लाखौ लाख शब्द स्रद्धांंजलि ब्यक्त गर्दछु । अगामी दिनहरुमा सबै साथिहरुको सहयोगबाट विदेशमा रहेर पनि अन्तराष्ट्रिय नेपाली साहित्य समाजको संजालबाट िसंगो राष्ट्रका लागी थोरै किन नहोस् दुई चार शब्दहरु लेखेर पाठकहरुमा पस्किन पाउने आशा राख्दै यी सृजनसिल साहित्तिक सृखंलाका प्रयासहरुलाई अहिले विट मार्ने अनुमति माग्दछु ।